सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

नेपाल भाषाका संरक्षणकर्ता प्रजापतिलाई सुदर्शन–कोपिला पुरस्कार

२०८२ फागुण २९, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मोरङ, २९ फागुन : नेपाल भाषा, संस्कृति, कला साहित्यमा महत्त्वपूर्ण योगदान दिने भक्तपुर मध्यपुर थिमी निवासी गणेशराम लाछी प्रजापतिलाई रु दुई लाख राशिको सुदर्शन–कोपिला सिरपा–११४६ बाट आज यहाँ सम्मान गरिएको छ ।

कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले झी पुचः (नेपाल भाषा तथा सांस्कृतिक सङ्घ) विराटनगरले आज यहाँ आयोजित समारोहमा लाछि प्रजापतिलाई नगद एवं सम्मान पत्रद्वारा सम्मान गर्नुभयो ।

सम्मानित हुने लाछी प्रजापतिले विगत पाँच दशकदेखि निरन्तर मुलुक तथा मुलुक बाहिर नेपाल भाषाको साहित्य, नाटक  र नेवाः परिकारको पहिचान कायम गर्न क्रियाशील हुँदै आउनुभएको छ ।

मन्त्री पराजुलीले लाछि प्रजापतिले नेपाल भाषा, संस्कृतिको संरक्षणमा पुर्‍याउनुभएको योगदानको प्रशंसा गर्दै उहाँको यस कार्यको आजका युवा पुस्ताले प्रेरणा लिनुपर्ने बताउनुभयो । उहाँले प्रदेश सरकार यस क्षेत्रमा बोलिने भाषा, संस्कृति, परिकारको संरक्षण एवं सम्वर्द्धनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सम्मानित व्यक्तित्व लाछि प्रजापतिले आजका युवा पुस्ताले नेपाल भाषाको संरक्षणका लागि आफ्नो घर परिवारमा यो भाषाको प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । अखिल भारत नेवाः सङ्घका केन्द्रीय अध्यक्ष सूर्यनारायण प्रधानले नेवार समुदायको घट्दो जनसङ्ख्याप्रति चिन्ता व्यक्त गर्दै जन्म दर वृद्धि गर्न आग्रह गर्नुभयो ।

पुचःका अध्यक्ष सरद श्रेष्ठ, पुरस्कारका संस्थापक सुदर्शनबहादुर श्रेष्ठ, संस्थापक सदस्यद्वय राजन श्रेष्ठ दिनेश श्रेष्ठले पुचः यस क्षेत्रमा नेपाल भाषा, नेवार संस्कृतिको संरक्षणमा विगत ४५ वर्षदेखि क्रियाशील रहेको जानकारी दिनुभयो ।

पुरस्कार नेपाल भाषा, संस्कृति, साहित्य, परिकारमा योगदान पुर्‍याउने संस्था वा व्यक्तिलाई प्रदेक दुई/दुई वर्षमा प्रदान गर्ने गरी विराटनगर–१० निवासी सुदर्शनबहादुर श्रेष्ठले विसं २०७६ मा रु २० लाखको अक्षय कोषबाट स्थापना गर्नुभएको हो । आज अक्षय कोषमा थप रु पाँच लाख प्रदान गर्ने घोषणा गर्नुभयो ।

यसअघि उक्त सम्मानबाट शताब्दी पुरुष सत्यमोहन जोशी, भारतको सिक्किमको नेवा गुुठी, पोखरास्थित नेवा खल: कास्कीलाई प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन