सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

चैतमा चलचित्रको महासङ्ग्राम

२०८२ चैत्र ११, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

कास्की, चैत ११ गते । फागुन महिना नेपाली चलचित्रका लागि खासै लाभदायक नदेखिए पनि चैतमा भने चार चलचित्र प्रदर्शनले गर्दा केही आशा जगाउने ठाउँ देखिएको छ । चैतको दोस्रो साताबाट अर्थात् १३ गते ‘हामी तीन भाइ’ प्रदर्शन हुने तयारीमा छ । उक्त मितिमा अहिलेसम्म अर्को चलचित्र प्रदर्शन हुने देखिएको  छैन ।

चलचित्रले दाजुभाइको जीवनमा विवाहपछि आउने खटपट र त्यसपछिको सङ्घर्षको कथा देखाउने निर्माण पक्षले जनाएको छ । चैतको अन्तिम साता अर्थात् २७ गते तीन चलचित्र ‘३६ को आँकडा’, ‘राम नाम सत्य’, ‘डल्लेले इन्ट्री मा¥यो’ प्रदर्शन हुँदै छ ।

अभिनेतृ रेखा थापाले निर्माण गर्नुभएको चलचित्र ‘३६ को आँकडा’ मा बर्सौंपछि नायिका निरुता सिंह पर्दामा देखिन लाग्नुभएको छ । चलचित्रले सामाजिक विषयवस्तु उठान गरेको छ । सोही दिन अभिनेता विराज भट्ट अभिनीत चलचित्र ‘राम नाम सत्य’ पनि प्रदर्शनमा आउँदै छ । माइकल चन्दको निर्देशन रहेको चलचित्रमा  सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुषसिंह ठकुरी, स्व. सुनील थापालगायत कलाकारको अभिनय रहेको छ । अरूको आक्रमणबाट आफ्ना नजिकका व्यक्ति गुमाएपछि त्यसको बदला लिन अभिनेताले गर्ने सङ्घर्ष चलचित्रको मुख्य कथा रहेको छ ।

त्यस्तै चलचित्र ‘डल्लेले इन्ट्री मा‍¥यो’ पनि प्रदर्शनमा आउँदै छ । चलचित्र विशेष गरी अभिनेतृ रोशनी खड्काको डेब्यु अभिनय रहेको छ भने सागर लम्साल ‘बले’ ले उहाँलाई साथ दिनुभएको छ । राजु गिरी निर्देशित चलचित्रले अपाङ्गता भएका व्यक्तिको क्षमता र समाजको हेराइको कथा उठान गरेको छ । गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पोखरामा ‘आरयू फेस्ट–२०२६’को शुभारम्भ

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

५१औँ दिनमा पनि प्रदर्शनरत ‘बाः एक योद्धा’, कमायो ३ करोड ५६ लाख

अनमोल केसी अभिनीत ‘बाटुलो जून’ आजदेखि देशभर प्रदर्शनमा

आगामी पुस २४ देखि प्रदर्शनमा आउने ‘तिलस्मी’को पोस्टर सार्वजनिक

प्रियंका चोपडाले ‘भेन्टिलेटर २’ फिल्म बनाउने

थामी भाषाको पहिलो राष्ट्रिय गीत सार्वजनिक

जनशक्ति थपेर लालपुर्जा वितरण गरिँदै

काठमाडौँ महानगरपालिकाले कात्तिक १३ देखि तीनदिने फिल्म फेस्टिभल आयोजना गर्ने

राज्यको बेवास्तामा म्युजिक भिडियो र लघुचलचित्र

नेपाली नृत्य विद्यामा पहिलो विद्यावारिधि रघुवंशीलाई