सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

फिल्म ‘परालको आगो’ को ‘निम्तो सुपारी’ गीत सार्बजनिक

२०८२ चैत्र २८, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । बैशाख ११ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘परालको आगो’को तेस्रो गीत ‘निम्तो सुपारी’ सार्वजनिक गरिएको छ ।  गीतमा सत्यराज आचार्य र मेलिना राईको स्वर रहेको छ भने संगीत सत्यराज र स्वरुपराज आचार्यले दिएका छन् । त्यस्तै शब्द सुरेन्द्र रानाको रहेको छ ।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू सौगात मल्ल, प्रकाश सपूत, सुहाना थापा र सिर्जना अधिकारी देखिएका छन् । उनीहरूले भिडियोमा आकर्षक नृत्य प्रस्तुत गरेका छन् । गीतका कोरियोग्राफर रामजी लामिछाने हुन् । भिडियोमा कोरियोग्राफी र छायांकन पक्ष उत्कृष्ट देखिएको छ ।

लक्ष्मण सुनारको निर्देशनमा बनेको यस फिल्ममा किशोर भण्डारी (डिट्ठासाब), शंकर आचार्य, सरिता भण्डारी, मन्जिला बाँनिया, कुल बहादुर अधिकारी, रेनु न्यौपाने, ज्याक श्रेष्ठ लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । आधुनिक कथाका प्रणेता मानिने गुरुप्रसाद मैनालीको ‘नासो’ कथासङ्ग्रहमा सङ्ग्रहित ‘परालको आगो’ कथाबाट प्रेरित भनिएको यस फिल्ममा संकल्प भुजेलको छायांकन, मिलन श्रेष्ठको सम्पादन, रामजी लामिछानेको नृत्य निर्देशन, कनाल कँवरको रंग संयोजन तथा शान्ती ठटाल, सत्य-स्वरुप र प्रकाश सपूतको संगीत रहेको छ ।

गीतको लिंक हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पोखरामा ‘आरयू फेस्ट–२०२६’को शुभारम्भ

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

५१औँ दिनमा पनि प्रदर्शनरत ‘बाः एक योद्धा’, कमायो ३ करोड ५६ लाख

अनमोल केसी अभिनीत ‘बाटुलो जून’ आजदेखि देशभर प्रदर्शनमा

आगामी पुस २४ देखि प्रदर्शनमा आउने ‘तिलस्मी’को पोस्टर सार्वजनिक

प्रियंका चोपडाले ‘भेन्टिलेटर २’ फिल्म बनाउने

थामी भाषाको पहिलो राष्ट्रिय गीत सार्वजनिक

जनशक्ति थपेर लालपुर्जा वितरण गरिँदै

काठमाडौँ महानगरपालिकाले कात्तिक १३ देखि तीनदिने फिल्म फेस्टिभल आयोजना गर्ने

राज्यको बेवास्तामा म्युजिक भिडियो र लघुचलचित्र

नेपाली नृत्य विद्यामा पहिलो विद्यावारिधि रघुवंशीलाई