सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

राष्ट्रिय कौराहा सम्मेलन सुरु

२०८३ बैसाख ४, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

दमौली (तनहुँ), ४ वैशाखः मगर समुदायको मौलिक नृत्य ‘कौराहा’ संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले आजदेखि दोस्रो राष्ट्रिय मौलिक कौराहा सम्मेलन ऋषिङमा सुरु भएको छ ।

नेपाल मगर सांस्कृतिक सङ्घ केन्द्रीय समितिको आयोजना तथा राष्ट्रिय मौलिक कौराहा संरक्षण समिति र नेपाल मगर सङ्घ जिल्ला समन्वय समिति तनहुँको सहआयोजनामा ऋषिङ गाउँपालिका–१ झापुटारमा आयोजित सम्मेलन भोलि समापन हुनेछ ।

कौराहा नृत्यको मौलिकता संरक्षण तथा प्रवद्र्धन, मगर समुदायको सांस्कृतिक पहिचानलाई राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा प्रचारप्रसार, कौराहासम्बन्धी अध्ययन, अनुसन्धान तथा अनुभव आदानप्रदानका साथै नयाँ पुस्तालाई संस्कृतिप्रति जागरुक बनाउने उद्देश्यले सम्मेलन आयोजना गरिएको सङ्घका अध्यक्ष नन्दु मगरले बताउनुभयो ।

कौराहा विशेषगरी ‘६ क’ सँग सम्बन्धित छ । कहिले गाउने, कसरी गाउने, कति गाउने, कहाँ गाउने, कसरी नाच्ने तथा नचाउने र वाद्यवादन यन्त्र कसरी बजाउने भन्ने आधारभूत पक्षबारे सम्मेलनमा सिकाइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पोखरामा ‘आरयू फेस्ट–२०२६’को शुभारम्भ

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

५१औँ दिनमा पनि प्रदर्शनरत ‘बाः एक योद्धा’, कमायो ३ करोड ५६ लाख

अनमोल केसी अभिनीत ‘बाटुलो जून’ आजदेखि देशभर प्रदर्शनमा

आगामी पुस २४ देखि प्रदर्शनमा आउने ‘तिलस्मी’को पोस्टर सार्वजनिक

प्रियंका चोपडाले ‘भेन्टिलेटर २’ फिल्म बनाउने

थामी भाषाको पहिलो राष्ट्रिय गीत सार्वजनिक

जनशक्ति थपेर लालपुर्जा वितरण गरिँदै

काठमाडौँ महानगरपालिकाले कात्तिक १३ देखि तीनदिने फिल्म फेस्टिभल आयोजना गर्ने

राज्यको बेवास्तामा म्युजिक भिडियो र लघुचलचित्र

नेपाली नृत्य विद्यामा पहिलो विद्यावारिधि रघुवंशीलाई