सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

‘हिम घोडा’ सहित पन्ध्र वर्षपछि सङ्गीतमा फर्किए विनोद

२०८३ बैसाख १७, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मनाङ, १७ वैशाखः गायक एवम् सङ्गीतकार विनोद गुरुङ १५ वर्षपछि पुनः सङ्गीत क्षेत्रमा फर्किनुभएको छ । गायक, पर्यटन व्यवसायी, समाजसेवी एवम् फिल्म निर्माणमा सक्रिय गुरुङ लामो समयपछि नयाँ गीत ‘हिम घोडा’ सार्वजनिक गर्दै सङ्गीत क्षेत्रमा फर्किनुभएको हो ।

लामो समयपछि पुनः सङ्गीतमा फर्किनुभएका उहाँले भन्नुभयो,“पुनः सङ्गीत क्षेत्रमा आउने सपना पूरा भएको छ । मेरो लागि गीतसङ्गीत भनेको एक साधना हो, जसले मलाई सधैँ ऊर्जा र प्रेरणा दिन्छ ।”

विगतमा देशमा भएका विभिन्न महामारीजन्य घटना र मनाङमा बाढीपहिरोजस्ता विपद्ले गर्दा गीतसङ्गीतभन्दा समाजसेवालाई समय दिनुपरेको गुरुङले सुनाउनुभयो । अब भने यसै क्षेत्रमा निरन्तर लागिरहेने उहाँको प्रतिबद्धता छ ।

‘हिम घोडा’ गीतमा शब्द तथा सङ्गीत अशुसेन लामाले गर्नुभएको छ भने सङ्गीत संयोजन राजु खड्काले गर्नुभएको छ । यस गीतको छायाङ्कन मनाङका विभिन्न रमणीयस्थलमा गरिएको छ । गीतले मनाङको प्राकृतिक सुन्दरता झल्काउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा समेत योगदान पु¥याउने विश्वास गरिएको छ ।

गायक गुरुङले ‘हिम घोडा’ मार्फत आफ्नो पुनरागमन मात्र नभई नेपाली सङ्गीत क्षेत्रमा नयाँ ऊर्जा र उत्साह थप्ने अपेक्षा गरिएको छ । उहाँको गीत, सङ्गीतमा मनाङको संस्कृति, संस्कार र प्राकृतिक सौन्दर्यता समावेश भएको पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पोखरामा ‘आरयू फेस्ट–२०२६’को शुभारम्भ

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

५१औँ दिनमा पनि प्रदर्शनरत ‘बाः एक योद्धा’, कमायो ३ करोड ५६ लाख

अनमोल केसी अभिनीत ‘बाटुलो जून’ आजदेखि देशभर प्रदर्शनमा

आगामी पुस २४ देखि प्रदर्शनमा आउने ‘तिलस्मी’को पोस्टर सार्वजनिक

प्रियंका चोपडाले ‘भेन्टिलेटर २’ फिल्म बनाउने

थामी भाषाको पहिलो राष्ट्रिय गीत सार्वजनिक

जनशक्ति थपेर लालपुर्जा वितरण गरिँदै

काठमाडौँ महानगरपालिकाले कात्तिक १३ देखि तीनदिने फिल्म फेस्टिभल आयोजना गर्ने

राज्यको बेवास्तामा म्युजिक भिडियो र लघुचलचित्र

नेपाली नृत्य विद्यामा पहिलो विद्यावारिधि रघुवंशीलाई