सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान

२०८३ बैसाख १८, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १८ वैशाखः नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आज १० विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार २०८२ प्रदान गरिएको छ ।

भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र समाजशास्त्रलगायत विधामा साधनारत विशिष्ट स्रष्टालाई पुरस्कार प्रदान गरिएको हो । पुरस्कारमा राष्ट्रियतर्फ एक लाख रुपैयाँ र प्रादेशिकतर्फ ५० हजार रुपैयाँ राशि रहेको छ ।

प्रज्ञा पुरस्कार समालोचनातर्फ प्रा डा अभि सुवेदी, दर्शनतर्फ ईश्वरचन्द्र ज्ञवाली, गद्य साहित्यतर्फ आहुतिलाई, भाषातर्फ प्रा मुकुन्दशरण उपाध्याय, सामाजिकशास्त्रतर्फ डा डम्बर चेम्जोङ, पद्य साहित्यतर्फ शैलेन्द्र साकार, संस्कृतितर्फ प्रा डा सोमप्रसाद खतिवडा, बालसाहित्यतर्फ सुशीला प्रधानाङ्ग, अनुवादतर्फ डा सर्वोत्तम श्रेष्ठ, अन्तर्देशीयतर्फ नरेश काङमाङ राई (बेलायत), मातृभाषा (हिमाली पहाडी) तर्फ बुद्ध योञ्जन र मातृभाषा (मधेस तराई)तर्फ अमरेन्द्रकुमार यादवलाई पुरस्कृत गरियो ।

त्यसैगरी प्रज्ञा प्रादेशिक पुरस्कार पाउनेमा कोशीमा मलिसा याक्थुम्बा लिम्बू (महेन्द्रकुमार नेम्वाङ), मधेस प्रदेशतर्फ मुना चौधरी, बागमती प्रदेशतर्फ शान्ति प्रिय बन्दना, गण्डकी प्रदेशतर्फ अनिल श्रेष्ठ, लुम्बिनी प्रदेशतर्फ क्षितिज मगर, कर्णाली प्रदेशतर्फ रमानन्द आचार्य, सुदूरपश्चिम प्रदेशतर्फ कर्ण दयाल सोडारी हुनुहुन्छ ।

कुलपति भूपाल राईले भाषा, साहित्य, संस्कृति र समाजशास्त्रलगायतका ज्ञानका विविध आयाममा साधनारत प्रतिनिधिमूलक प्रतिभालाई प्रज्ञा पुरस्कार दिन पाएकामा गौरवबोध भएको बताउनुभएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पौडेलको ‘भावतरङ्ग’ कविता सङ्ग्रह सार्वजनिक

‘थेम्सको लहरमा तमोरको स्पर्श’ कविता सङ्ग्रह विमोचन

कवि कोइरालाद्वारा लिखित ‘आधा जिन्दगी’ लोकार्पण

नातिकाजी स्मृति समाजद्वारा २१ जना कलाकार पुरस्कृत

‘नेपालमा पुस्तकालय’ विमोचित

नेपालको परराष्ट्र नीति र बाह्यसम्बन्धबारे पुस्तक सार्वजनिक

उपन्यासकार वसन्त पराजुलीको ‘बखान’ सार्वजनिक

पोखरा महानगरपालिका–१३ मा दोस्रो साहित्य पर्व–२०८३ सम्पन्न

डा खड्काको ‘म बनाउँछु मेरो देश’ विमोचन

पुस्तक चर्चाः कामी शेर्पाका सगरमाथामा ६ पाइला

वसुन्धराश्री पुरस्कार साहित्यकार चन्द र मानश्री पुरस्कार आनन्द अरुणलाई

नारायण तिवारीको कथासङ्ग्रह ‘जङ्गबहादुर पनि हाँस्छ ?’ सामूहिक लोकार्पण