सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

जेठ ८ देखि ‘मितज्यू’ प्रदर्शनमा आँउदै, दयाहाङ-सौगात जोडी फेरि पर्दामा

२०८३ बैसाख २४, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रमा लोकप्रिय अभिनेता दयाहाङ राई र सौगात मल्ल फेरि एकपटक एकसाथ देखिने भएका छन्। आगामी जेठ ८ गते प्रदर्शनमा आउन लागेको मितज्यू मा यी दुई कलाकारको मुख्य भूमिका रहनेछ। नेपाली सिनेमामा सफल र दर्शकमाझ रुचाइएका कलाकारका रूपमा स्थापित दयाहाङ र सौगातले यसअघि पनि थुप्रै चर्चित चलचित्रमा सहकार्य गरिसकेका छन्।

विशेषगरी लुट र कबड्डी जस्ता सफल चलचित्रपछि यो जोडीलाई नेपाली सिनेमाको सफल अनस्क्रिन जोडीका रूपमा लिने गरिएको छ। ती चलचित्रहरूमा जस्तै ‘मितज्यू’मा पनि उनीहरूबीच नोकझोक, द्वन्द्व र प्रतिस्पर्धात्मक सम्बन्ध देखाइएको छ। सार्वजनिक पोस्टर र टिजरमा दुवै कलाकार आमनेसामने देखिएका छन् भने कथाले उनीहरूलाई सँगै पनि रहने तर पूर्ण रूपमा मिल्न नसक्ने चरित्रमा प्रस्तुत गरेको संकेत दिएको छ।

निर्माण टिमका अनुसार यही द्वन्द्वात्मक सम्बन्ध नै चलचित्रको मुख्य आकर्षणमध्ये एक हुनेछ। निर्माता जनक घर्ती मगर ले दयाहाङ र सौगातको अभिनय तथा उनीहरूको पात्रबीचको टकराव दर्शकलाई मनोरञ्जक लाग्ने विश्वास व्यक्त गरेका छन्। उनले ‘मितज्यू’ दर्शकले लामो समयसम्म सम्झिने चलचित्र बन्ने दाबी पनि गरेका छन्।

चलचित्रलाई अनिल बुढा मगर ले निर्देशन गरेका हुन्। फिल्ममा दयाहाङ र सौगातसँगै तेरिया फौजा मगर, पुष्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा र स्मिता लामिछानेलगायत कलाकारको अभिनय रहेको छ। तेरियाको भने यो डेब्यु चलचित्र हो।

फिल्ममा लोकेश बज्राचार्यको सम्पादन, शिशिर बिशंखेको छायांकन तथा श्रीकृष्ण बम मल्लको संगीत रहेको छ। चलचित्रको वितरण आरआरआर फिल्म ले गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको निर्माण पक्षले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पोखरामा ‘आरयू फेस्ट–२०२६’को शुभारम्भ

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

५१औँ दिनमा पनि प्रदर्शनरत ‘बाः एक योद्धा’, कमायो ३ करोड ५६ लाख

अनमोल केसी अभिनीत ‘बाटुलो जून’ आजदेखि देशभर प्रदर्शनमा

आगामी पुस २४ देखि प्रदर्शनमा आउने ‘तिलस्मी’को पोस्टर सार्वजनिक

प्रियंका चोपडाले ‘भेन्टिलेटर २’ फिल्म बनाउने

थामी भाषाको पहिलो राष्ट्रिय गीत सार्वजनिक

जनशक्ति थपेर लालपुर्जा वितरण गरिँदै

काठमाडौँ महानगरपालिकाले कात्तिक १३ देखि तीनदिने फिल्म फेस्टिभल आयोजना गर्ने

राज्यको बेवास्तामा म्युजिक भिडियो र लघुचलचित्र

नेपाली नृत्य विद्यामा पहिलो विद्यावारिधि रघुवंशीलाई