काठमाडौँ, २४ वैशाखः राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार राष्ट्रपति कार्यालय, शितलनिवासमा आयोजना गरेको राष्ट्रिय पत्रकारिता पुरस्कार तथा वरिष्ठ पत्रकार सम्मान कार्यक्रममा पुरस्कृत व्यक्तित्वहरूसँग सामूहिक तस्बिरमा सहभागी हुनुहुँदै राष्ट्रपति रामचन्द्र पौडेल र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिना ।
कार्यक्रममा राष्ट्रपति पौडेलले ‘वरिष्ठ पत्रकार’ सम्मानबाट चन्द्रकिशोर झा र नम्रता शर्मालाई सम्मान गर्नुभयो भने भोला पासवान, उमेश श्रेष्ठ र रुपा गहतराजलाई ‘राष्ट्रिय पत्रकारिता’ पुरस्कार प्रदान गर्नुभयो । तस्बिर : किरणराज विष्ट / रासस
