सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

कवि कोइरालाद्वारा लिखित ‘आधा जिन्दगी’ लोकार्पण

२०८३ बैसाख २६, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

टक्सार (भोजपुर), २६ वैशाखः साहित्यकार शङ्करप्रसाद कोइरालाद्वारा लिखित ‘आधा जिन्दगी’ नामक गीतिसङ्ग्रह भोजपुरमा लोकार्पण गरिएको छ । सयौँ गीत समेटिएको उक्त सङ्ग्रह कोइरालाको गृहजिल्ला भोजपुरमा आज सार्वजनिक गरिएको हो ।

सरल र बहुआयामिक व्यक्तित्वका धनी कोइराला साहित्यकार तथा समाजसेवीका रूपमासमेत परिचित हुनुहुन्छ । पूर्वअर्थमन्त्रीसमेत रहनुभएका उहाँले ‘आधा जिन्दगी बितिसक्यो’, ‘लाजको लाली पोतेर आइदेउन’ र ‘रुपौली रानी’लगायत कयौँ चर्चित गीतहरूको रचना गरिसक्नुभएको छ ।

आफ्नो माटोप्रतिको माया र सम्मानका कारण जन्मथलोमा गीत सङ्ग्रह लोकार्पण गरिएको कोइरालाले बताउनुभयो । विसं २०५१ मा स्थापित संस्था त्रिवेणी साहित्य प्रतिष्ठान भोजपुरले कोइरालाको गीत सङ्ग्रह लोकापर्ण कार्यक्रमको आयोजना गरेको हो ।

सोक्रममा कला क्षेत्रमा पु¥याउनुभएको योगदानको कदर गर्दै कोइरालालाई दोसल्लासहित सम्मानपत्रबाट सम्मान गरिएको छ । कार्यक्रममा कोइरालाले कला, साहित्य र गीतलाई मनोरञ्जनका रूपमा मात्र लिन नहुने बताउँदै यसले समाजका यथार्थ अवस्था चित्र गर्ने उल्लेख गर्नुभयो । उहाँले समाजमा सकारात्मक परिवर्तनका लागि कला, साहित्वको महत्तपूर्ण योगदान रहने धारणा राख्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन