सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

राप्रपामा पुस्तान्तरण नभएसम्म नयाँ पार्टी बन्न सक्दैन : राप्रपा नेता, ज्ञानेन्द्र शाही (अन्तवार्ता)

२०८३ जेठ २१, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

राप्रपा फुट्ने निश्चित भएको हो त ?

होइन, होइन । राप्रपा फुट्ने होइन । त्यो त्यस्तो केही पनि छैन । राप्रपालाई मिलाएर लाने हो । अब कोही-कोही व्यक्ति कतै केही गर्छन् भने उनीहरूको समस्या हो, तर राप्रपा फुट्दैन ।

भोलि नै सामूहिक हस्ताक्षर घोषणा गरेर छुट्टै शक्ति निर्माण गर्ने भन्ने आइसक्यो त ?

ती साथीहरूलाई रोक्ने हामीले कोसिस गरिराख्या छौँ । पार्टी फुटेको भनेर मानिँदैन त्यसलाई । अब राप्रपाबाट केही साथीहरू गए भन्न सकियो । यसलाई पार्टी फुटेको भनेर मानिँदैन । ती साथीहरूलाई पनि मेरो अपील के छ भने हामी आऊँ, बसौँ, संघर्ष गरौँ । फुटेर होइन जुटेर समस्याको समाधान निकाल्न सकिन्छ । यसका लागि सबैलाई म अपील गर्न चाहन्छु ।

तपाईँले फेसबुकमा जुन स्टाटस लेख्नुभयो आज, यसको आशय अध्यक्षले राजीनामा दिनुपर्छ भन्ने हो ?

हो, दिनै पर्छ । त्यो त दिनै पर्छ अध्यक्षले । महाधिवेशन गर्ने हो भने अध्यक्षले राजीनामा दिएर बाटो प्रशस्त गर्नुपर्छ । महाधिवेशन आयोजक समिति बनाउनुपर्छ ।

महाधिवेशन आयोजक समितिको नेतृत्व त अध्यक्षले गर्नुपर्ने होला नि ?

त्यस्तो हुँदैन । अध्यक्ष आफैँ फेरि अध्यक्षमा लड्नु हुन्न भनेपछि चाहिँ त्यो सम्भावना हुन्छ । तर उहाँ आफैँ चुनावमा सहभागी हुने भएपछि उहाँले महाधिवेशन आयोजक समितिको संयोजक बन्न मिल्दैन । त्यो त बायस भइहाल्छ नि ।

तर, अरू पार्टीमा पनि अभ्यास त, त्यही छ नि । जो बहालवाला अध्यक्ष छ उसकै संयोजकत्वमा महाधिवेशन आयोजक समिति बन्छ होइन र ?

त्यस्तो चलन पनि नभएको होइन । तर, धेरै पटक त्यस्तो नभएको पनि घटना छन् ।

जे होस् अध्यक्षले राजीनामा दिनु पर्‍यो हैन त ?

उहाँ अध्यक्ष लड्ने हो कि होइन अब आउने महाधिवेशनमा ? आउने महाधिवेशनमा उहाँ अध्यक्षको उम्मेदवार होइन भने उहाँकै नेतृत्वमा महाधिवेशनमा गए भयो, हैन र ? तर आउने महाधिवेशनमा उहाँ आफैँ उम्मेदवार बन्ने हो भने, आफैँ उम्मेदवार आफैँ महाधिवेशनको प्रमुख बन्न चाहिँ नैतिकताले पनि दिँदैन । त्यो प्रजातान्त्रिक पनि हुन सक्दैन । अध्यक्षजीले नै कसैलाई तोकेर अगाडि बढाउनुपर्छ । केन्द्रीय समितिको बैठकले निर्णय गर्छ त्यो ।

पार्टीमा लामो समयदेखि दुई पक्षीय संघर्ष छ । यो संघर्षमा तपाईँले कुन पक्षको बढी कमीकमजोरी देख्नुभएको छ ?

यसमा दुईटै पक्षका कमीकमजोरी छन् । यिनीहरूको डिएनए नै त्यस्तो रहेछ । यो मिलेर जानै नसक्ने पुरानो रोग हो । अब सायद यो रोगको अब अन्त्य र निको हुन्छ, किनभने पुस्तान्तरण हुन आवश्यक छ पार्टीमा । पुस्तान्तरण नभईकन अब राप्रपा नयाँ बन्न सक्दैन । अहिले यो रोगको अन्तिम पाटो हो कि जस्तो लागिराख्या छ मलाई ।

पुस्तान्तरणको कुरा गर्नुभयो । अब महाधिवेशन त चाँडै हुँदै छ । तपाईँले राजेन्द्र लिङदेनलाई अध्यक्षमा समर्थन नगर्ने हुनुभएको हो ?

मेरो स्पष्ट कुरा के छ भने, पार्टी कसरी बन्छ त्यही गरौँ हैन । अब राजेन्द्र लिङ्देनको नेतृत्वमा पार्टी त्यसरी बन्छ भन्ने कुरा यदि हो भने पार्टी शून्य भइसक्यो, होइन ? नेतृत्व फेलको अवस्थामा पुगिसक्यो । स्वयं आफैले चुनाव हार्नुपर्ने अवस्था सिर्जना भयो । अब हामीले त अध्यक्ष बनाइदिउँला, त्यो समस्या छैन । तर देशका जनताले चाहिँ स्वीकार गर्छन् कि गर्दैनन् त ?

यो त जनताको भन्दा पनि राप्रपाको कुरा न भयो ?

भोलि चुनावमा त जनता नै चाहिने हो नि त । यही कुरा फरक छ ममा र अरूहरूमा । अहिले चुनावमा को अध्यक्ष बन्ने, को महामन्त्री बन्ने, कसले नेतृत्व लिने भन्ने कुरा ठुलो होइन । त्यो नेतृत्वलाई भोलि जनताले स्वीकार्छ कि स्वीकार्दैन भन्ने कुरा ठूलो हो । हामीले त्यस्तो नेतृत्व लिएर जानु पर्‍यो जो जनताले स्वीकार्छन् । नत्र अध्यक्ष बन्न के गाह्रो छ र ? एउटा गुट बनाउने, एउटा समूह बनाउने, १० जना मान्छे जम्मा गर्ने एउटा पार्टी प्यालेसभित्र बसे भैगो त ।

तपाईँको निष्कर्ष चाहिँ अध्यक्षको रूपमा राजेन्द्र लिङ्देन फेल भइसक्नुभो भन्ने नै हो ?

त्यो त शतप्रतिशत संसारले देखिसक्या कुरो हो नि । अध्यक्षज्यूले मार्ग प्रशस्त गर्नुपर्छ ।

अझ क्लियरली भनिदिनुस् न, महाधिवेशनमा तपाईँ अध्यक्षको आकांक्षी हो कि होइन ?

अहिले म के गर्ने भन्ने विषयवस्तु छैन । त्यो पार्टी अध्यक्षले आफैँ सोचुन् । पार्टी अध्यक्षलाई अहिलेसम्म हामीले असहयोग गरेका छैनौँ । सहयोगै गरेर यहाँसम्म पुर्‍याएको हो । अध्यक्षले गलत गर्दाखेरि पनि हामीले पार्टी बन्छ भनेर हामीले सहयोग गर्दै हिँड्या हौ । हामीले फेरि अध्यक्ष बनाउनु कुनै ठुलो समस्या होइन । राप्रपाले अध्यक्ष बनाउनु ठुलो समस्या होइन । तर त्यो नेतृत्वलाई एउटा चिया पसलमा काम गर्ने मान्छेले, एउटा कपडा पसलमा काम गरेको मान्छेले, एउटा तरकारी बेचिरहेको नेपाली नागरिकले पत्याउँछ कि पत्याउँदैन ? अब पार्टी बनाउने कि नेतृत्व बनाउने भन्ने कुरा हो ।

चुनाव हारेको कारणले गर्दा उहाँले छोड्नु पर्छ भन्ने तपाईँको आशय हो ?

चुनाव हारेको मात्र होइन, काम गर्ने क्षमता नै देखिएन । पाँच वर्ष त हामीले भोग्यौँ नि । उहाँले कहिल्यै पनि काम गर्नुभएन । उहाँ जे छ त्यस्तोमा रमाएर बसिराख्नु भएको छ ।

सबैलाई मिलाएर लैजान पनि नसक्नु भएको हो ?

मिलाएर लगेर पनि के हुन्छ र ? राप्रपाभित्र मिलाएर के हुने हो र ? देश पुरै पुस्तान्तरणमा गइसक्यो । नयाँ परिवर्तनमा गइसक्यो । अब हामीले चेन्ज गर्ने महाधिवेशनको नेतृत्व भनेको भोलि पार्टी मात्र बलियो बनाउने होइन, त्यो देशको मुद्दा बोक्ने हुनु पर्‍यो कि परेन ? जनताले पत्याउनु पर्‍यो कि परेन ? जनताले पत्याउनु पर्‍यो नि । सबभन्दा ठुलो कुरा, पार्टीभित्र पत्याउनु र बाहिर पत्याउनुमा फरक छ ।

फेरि एक चोटि सोध्छु, तपाईँ महाधिवेशनमा अध्यक्षमा गर्नुहुन्छ ?

मैले अहिले त्यो सोचेको छैन । पार्टी अध्यक्षसँग सल्लाह गरेर कुरा गर्छु ।

अध्यक्षसँगै सल्लाह गर्ने फेरि पनि ?

अध्यक्षसँगै गर्ने हो । उहाँले पार्टी बचाउने र इतिहास बचाउने हो भने युवामा नेतृत्व हस्तान्तरण गर्नुपर्ने हुन्छ । पार्टी पनि बचाउनु छैन, केही पनि बचाउनु छैन कोठे अध्यक्ष बन्नु छ भनेपछि त के समस्या छ ? २० जना मान्छे भेला गरेर अध्यक्ष भए भइहाल्यो त  । नेपालप्रेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

‘जनतासँग टुटेको सम्बन्ध जोड्नु नै एमाले पुनरुत्थानको पहिलो सर्त हो’ : एमाले नेता, प्रदीप ज्ञवाली (अन्तवार्ता)

‘अदालतबाट शेरबहादुर देउवाको नेतृत्वले वैधानिकता पाउनेमा विश्वस्त छौँ’ : डा. प्रकाशशरण महत (अन्तवार्ता)

जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल (अन्तवार्ता)

जलवायु न्याय हाम्रो अधिकार हो, यही आवाजका साथ कोप-३१ मा सहभागी हुँदैछौँ : मन्त्री चौधरी (अन्तवार्ता)

१८ करोडको चर्चा निराधार, निष्पक्ष अनुसन्धान हुनुपर्छ : कांग्रेस महामन्त्री, उदयशमशेर राणा (अन्तवार्ता)

‘रास्वपासँग फेरि एकता गर्ने योजना छैन, उज्यालो नेपाललाई आफ्नै रोडम्यापअनुसार अघि बढाउँछौँ’ : कुलमान घिसिङ

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल (अन्तवार्ता)

‘ओली-प्रचण्डकै कारण कम्युनिस्ट आन्दोलन किनारामा पुग्यो’ : हरिबोल गजुरेल (अन्तवार्ता)

‘अधिवेशन बिथोल्न क्षेत्रीय सभापतिकै योजनामा फलामको भाटासहित आक्रमण गरियो’ : डा. डिला संग्रौला (अन्तवार्ता)

‘संविधान लोकतान्त्रिक छ, यसलाई बचाएर लैजान्छन् भन्ने विश्वास छ’ : पूर्वराष्ट्रपति रामबरण यादव (अन्तवार्ता)

‘तिहार–छठपछि सरकारलाई खबरदारी गर्न वैचारिक आन्दोलन गर्छौं’ : जसपा अध्यक्ष, उपेन्द्र यादव (अन्तवार्ता)

भोटेकोशी बाढीपीडितलाई दसैंअघि अस्थायी घर, दुई वर्षभित्र स्थायी बस्ती उपलब्ध गराउछौं : पूर्वाधारमन्त्री, सुनिल लम्साल