शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौः भारतीय क्रिकेट टीमका पूर्व कप्तान महेन्द्र सिंह धोनीले १५ अगस्टमा इन्टरनेशनल क्रिकेटबाट सन्यास लिएका थिए ।
उनका फ्यान्सहरु उनी रिटायरमेण्ट पछि के गर्छन् भन्ने कौतुहलमा रहेका थिए । यसैबीच उनकी श्रीमती साक्षीले धोनीले रिटायरमेण्ट पछि के गर्दैछन् भन्ने बारेमा बताएकी छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार धोनी अब वेब सीरिज प्रोड्यूस गर्न लागेका छन् । उनले २०१९ मा डक्यूमेन्ट्री द रोर अफ द लायन लञ्च गरेका थिए ।
