सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

डा.गोविन्द केसीको जीवन रक्षाको माग गर्दै धरानका जुनियर रेसिडेन्टहरु आन्दोलित (संघर्षका कार्यक्रम सहित)

२०७७ असोज १७, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः सत्याग्रही डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका जुनियर रेसिडेन्टहरु आन्दोलित भएका छन् ।

चिकित्सा शिक्षामा सुधार तथा विगतमा भएको सम्झौता कार्यान्वयनको माग गर्दै विगत २० दिनदेखि आमरण अनसनमा बसेका डा.केसीको स्वास्थ्य चिन्ताजनक हुदै गएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

सरकारले उनको माग सम्बोधन गर्न तथा वार्ता गर्न अहिलेसम्म कुनै चासो नदेखाएको भन्दै जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । सोसाइटीले डा.केसीको जीवन रक्षाको लागि तत्काल कदम चाल्न पनि अनुरोध गरेको छ ।

सोसाइटीले आज(शनिबार) साँझ प्रतिष्ठानमा दिप प्रज्वलन गर्दै डा.केसीको जीवन रक्षाको कामना गरेको छ । सोसाइटीले भोली आइतबारदेखि कालेपट्टी बाँधेर काम गर्दै विरोध जनाउने घोषणा गरेका छन् । उनिहरुले सोमबारदेखि ३ दिनसम्म बिहान १० बजेदेखि ११ बजेसम्म एक घण्टा इर्मजेन्सीबाहेक काम छोडेर धर्ना दिने पनि घोषणा गरेका छन् । यस्तै, ३ दिनसम्म पनि डा.केसीको जीवन रक्षाको लागि कुनै कदम नचाले त्यो भन्दा कडा आन्दोलन गर्ने निर्णय गरिएको सोसाइटीका उपाध्यक्ष एवं प्रवक्ता डा.पदम नेपालीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

शपथपश्चात शपथ पत्रमा हस्ताक्षर गर्नुहुँदै नवनियुक्त राजदूतहरु

राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतद्वारा शपथ

घाइतेहरुको थप उपचारका लागि हेलिकप्टरबाट सुर्खेत लगिँदै

छठ पर्व सम्पन्न गरी घर फर्कदै ब्रतालु

छठी माताको पूजा गर्नुहुँदै उपराष्ट्रपति यादव

बलिङ गर्दै पोखरा एभेन्जर्सका खेलाडी

अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै भक्तजन

कात्तिक नाच प्रदर्शन गरिँदै

शव हस्तान्तरण

भाइटीका ग्रहण गर्नुहुँदै राष्ट्रपति पौडेल

बालगोपालेश्वर मन्दिरमा भाइटीका

कुकुरलाई पूजा गर्दै नेपाली सेना