सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

अभिनेता मदनकृष्ण श्रेष्ठलाई ‘राष्ट्रिय दीर्घसाधना सम्मान २०८३’ प्रदान

२०८३ असार ५, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ५ असारः वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठलाई ‘राष्ट्रिय दीर्घसाधना सम्मान २०८३’ प्रदान गरिएको छ । आज राष्ट्रपति कार्यालय शीतलनिवासमा ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान’ प्रदान गर्न आयोजित समरोहमा अभिनेता श्रेष्ठलाई राष्ट्रपति रामचन्द्र पौडेल, सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले संयुक्त रूपमा नगदराशि रु तीन लाख ७५ हजारसहित अभिनेता श्रेष्ठलाई दोसल्ला ओढाएर ताम्रपत्रसहित सम्मान गर्नुभयो ।

साथै, उक्त पुरस्कार समारोहमा गत वर्ष विसं २०८२ मा प्रदर्शन भएर राष्ट्रिय चलचित्र पुरस्कार समारोहमा सहभागी भएका चलचित्रमध्येबाट निर्णायक समितिद्वारा छनोट भएका चलचित्र र कलाकर्मीलाई पुरस्कृत गरिएको छ ।

उक्त समारोहमा सर्वोत्कृष्ट चलचित्र ‘ऊनको स्वीटर’, निर्देशक नवीन चौहान (ऊनको स्वीटर), अभिनेता नीर शाह (परान), अभिनेत्री मिरुना मगर (ऊनको स्वीटर), लेखन दीपकप्रसाद आचार्य र यम थापा (परान), छायाङ्कन पदमबहादुर श्रेष्ठ (कोशेढुङ्गा), सम्पादन नकुल खड्का (कोशेढुङ्गा), आदिवासी जनजातितर्फको सर्वोत्कृष्ट चलचित्र ‘इन्दिरा धिमे मैचा’ विजेता घोषित हुनुभएको छ । उहाँहरूलाई नगदराशि रु २५ हजारसँगै प्रमाणपत्र प्रदान गरिएको थियो ।

यस्तै, चलचित्र ‘नाकछोङ्ग’लाई विशेष चलचित्र पुरस्कार प्रदान गरिएको थियो । यस्तै, निर्णायक समिति प्रोत्साहन पुरस्कारमार्फत अभिनेत्री आना शर्मा (रमिताको पिरती) र नवकलाकार विमोचन दवाडी (झरीपछिको इन्द्रेणी)लाई प्रदान गरिकेको थियो । विशेष चलचित्रलाई नगदराशि रु दुई लाख र प्रोत्साहन पुरस्कार प्राप्त गर्ने कलाकर्मीलाई जनही रु २५ हजार प्रदान गरिएको थियो ।

यस्तै, मरानोपरान्त चलचित्र पत्रकार सङ्घका पूर्वअध्यक्ष दिनेश सिटौलालाई नगदराशि रु ५० हजारसहित ‘विशेष योगदान सम्मान २०८२’ प्रदान गरिएको थियो । स्वर्गीय सिटौलाको सम्मान उहाँका पिता गोकर्ण सिटौलाले ग्रहण गर्नुभएको थियो ।

निर्माता विष्णुगोपाल श्रेष्ठ, अभिनेत्री मेनुका प्रधान, निर्माता डाक्टरसिंह गुरुङ, चलचित्र पत्रकार प्रकाश सुवेदी, अभिनेता रोहित रुम्बा, कलाकार अञ्जिला तुम्बापो सुब्बा, कलाकार लक्ष्मी बर्देवा, निर्माता विनोद शेरचन, निर्माण नियन्त्रक शङ्कर पाण्डेलाई समेत ‘विशेष योगदान सम्मान २०८२’ प्रदान गरिएको थियो ।

उहाँहरूलाई प्रमाणपत्रसहित सम्मान गरिएको हो । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्रकर्मीको कामलाई प्रोत्साहन गर्न बोर्डले बर्सेनि पुरस्कार प्रदान गर्ने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले अहिले बक्स अफिसमार्फत चलचित्रको व्यापार सार्वजनिक गरिरहेका छौँ, मूल्याङ्कन गरिरहेका छौँ । पछिल्लो दुई वर्षमा एक अर्ब बढीको व्यापार नेपाली चलचित्रले गरेको छ । यसले अब संस्कृतिकसँगै देशलाई आर्थिक रूपमा पनि योगदान दिइरहेको प्रस्ट्याएको छ । हाम्रो चलचित्र ऐन छिटै आउँदैछ, आउँदा दिन नेपाली चलचित्रका लागि राम्रो हुनेमा विश्वस्त छौँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पोखरामा ‘आरयू फेस्ट–२०२६’को शुभारम्भ

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

५१औँ दिनमा पनि प्रदर्शनरत ‘बाः एक योद्धा’, कमायो ३ करोड ५६ लाख

अनमोल केसी अभिनीत ‘बाटुलो जून’ आजदेखि देशभर प्रदर्शनमा

आगामी पुस २४ देखि प्रदर्शनमा आउने ‘तिलस्मी’को पोस्टर सार्वजनिक

प्रियंका चोपडाले ‘भेन्टिलेटर २’ फिल्म बनाउने

थामी भाषाको पहिलो राष्ट्रिय गीत सार्वजनिक

जनशक्ति थपेर लालपुर्जा वितरण गरिँदै

काठमाडौँ महानगरपालिकाले कात्तिक १३ देखि तीनदिने फिल्म फेस्टिभल आयोजना गर्ने

राज्यको बेवास्तामा म्युजिक भिडियो र लघुचलचित्र

नेपाली नृत्य विद्यामा पहिलो विद्यावारिधि रघुवंशीलाई