सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

राष्ट्रपति पौडेलसँग कांग्रेस संसदीय दलका नेता आङ्देम्बेको भेटवार्ता

२०८३ श्रावण ११, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा शिष्टाचार भेटवार्ता गरेका छन्। भेटका क्रममा मुलुकको समसामयिक राजनीतिक अवस्था, संसद्को वर्तमान गतिविधि तथा कानून निर्माण प्रक्रियालाई प्रभावकारी बनाउने विषयमा छलफल भएको आङ्देम्बेको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार भेटमा पछिल्लो राजनीतिक घटनाक्रम, संसद्को भूमिका तथा लोकतान्त्रिक संस्थाहरूलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको थियो। संसदीय प्रक्रियालाई थप प्रभावकारी बनाउँदै जनअपेक्षा अनुरूप कानून निर्माणलाई गति दिनुपर्ने विषयमा दुवै पक्षबीच छलफल भएको जनाइएको छ।

भेटका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको राजनीतिक स्थिरता लोकतन्त्रको सुदृढीकरणका लागि अत्यावश्यक रहेको उल्लेख गर्दै संसद्ले आफ्नो संवैधानिक जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए। उनले जनहितका कानून निर्माणमा राजनीतिक दलहरूबीच सहकार्य र सहमतिको वातावरण आवश्यक रहेको धारणा राखेको सचिवालयले जनाएको छ।

त्यसैगरी, कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले संसद्मा प्रमुख प्रतिपक्षको भूमिकालाई जिम्मेवार र रचनात्मक ढंगले निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै जनसरोकारका विषयलाई प्राथमिकताका साथ उठाइने बताएका छन्।

राष्ट्रपति र प्रमुख प्रतिपक्षी दलका नेताबीच भएको यो भेटलाई पछिल्लो राजनीतिक घटनाक्रमका बीच अर्थपूर्ण रूपमा हेरिएको छ। यद्यपि, भेटमा कुनै विशेष राजनीतिक निर्णय वा औपचारिक सहमति भने नभएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

‘शिक्षा सुधारमा स्थानीय तह र समुदायको भूमिका महत्त्वपूर्ण हुन्छ’

सडक पूर्वाधार निर्माणमा सेनाको महत्वपूर्ण योगदान छः राष्ट्रपति

महादेवटार सुरुङ ‘ब्रेक थ्रु’

राष्ट्रपति पौडेलसमक्ष तीन नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ

कार्तिक शुक्ल षष्ठीः राष्ट्रपति पौडेलद्वारा गुह्येश्वरीमा छठीमाताको पूजा आराधनासहित अर्घदान

सुशासन र समृद्धि प्राप्तिमा छठी माता र सूर्य भगवान्को कृपा बनिरहनेछः राष्ट्रपति पौडेल

राष्ट्रपति पौडेलद्वारा सर्वोच्चका लागि चार न्यायाधीश नियुक्त

महागुरु फाल्गुनन्दको मार्गनिर्देशबाट नैतिक, सभ्य र एकताबद्ध समाज निर्माणमा बल पुगेको छः राष्ट्रपति पौडेल

नेपाल संवत्ले सामाजिक समानताको दिशामा अघि बढ्न प्रेरणा प्रदान गर्ने राष्ट्रपतिको विश्वास

तिहारले आपसी सद्‌भाव र समृद्धिको भावना अभिवृद्धि गर्छ : राष्ट्रपति पौडेल

राष्ट्रपति पौडेलद्वारा गाई पूजा

‘चाडपर्वले अन्य जीवप्रतिको प्रेम र कृतज्ञता बढाओस्’ : प्रधानमन्त्री शाह