सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

राष्ट्रियसभाः जनापेक्षा बमोजिम काम गर्न सरकारलाई आग्रह

२०८३ श्रावण १८, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, १८ साउनः राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले जनताको विश्वास र अपेक्षा बमोजिम काम गर्न सरकारलाई आग्रह गर्नुभएको छ । सभाको विशेष समयमा सदस्यहरूले सरकारबाट जनताले आफ्ना हरेक समस्याको समाधान खोज्ने भएकाले जनापेक्षा बमोजिम काम गर्नुपर्ने बताउनुभयो ।

बैठकमा नेपाली कांग्रेसका सांसद किरणबाबु श्रेष्ठले नेपाली जनताले विश्वासका साथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सरकारको नेतृत्वमा पुर्‍याएकाले जनताको चाहना र भावना बमोजिम काम गर्न आग्रह गर्नुभयो । उहाँले मुलुकको स्वतन्त्रता र लोकतन्त्रका लागि त्याग र समर्पण गरेका नेताहरूको आदर्शबाट सकारात्मक पाठ सिकेर जनहितमा केन्द्रित हुँदै समस्या समाधानतर्फ लाग्नुपर्ने धारणा राख्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद रूक्मिणि कोइरालाले नेपाल बहुजाति, बहुभाषिक, बहुसांस्कृति, बहुधार्मिक साझा फूलबारी भएकाले एकापसमा समन्वय र भाइचारका साथ सबै जातीय र साम्प्रदाय सहकार्य गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले सरकारले जनजीवनका सवालमा वास्तविक समस्या पहिचान गरी सोही आधारमा समाधानका लागि राहतमूलक काम गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद श्रीकृष्णप्रसाद अधिकारीले सुनसरीसहितका जिल्लामा भएका घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गर्नुभयो । नेपाली कांग्रेसका सांसद धर्मेन्द्र पासवानले संवाद, मेलमिलाप र समन्वयनका माध्यमबाट मुलुकमा शान्ति र समृद्धि हासिल गर्न सबैको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

नेकपाका सांसद भुवनबहादुर सुनुवारले मिटरब्याज पीडितहरू अझै माइतीघर मण्डलामा रहेकाले उहाँहरूको माग सम्बोधनका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । एमालेका सांसद रेखाकुमारी झाले नेपाल-भारत खुला सीमाको दुरूपयोग गरी चोरीपैठारी र आपराधिक क्रियाकलाप नियन्त्रणका लागि सरकारले ध्यानाकर्षण गराउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव

विकास–निर्माण थाल्नुअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा सभामुखको जोड

सभामुख अर्याल र अध्यक्ष याङ्गबीच शिष्टचार भेट

सभामुख अर्यालसंग फ्रान्स–नेपाल संसदीय समूहका अध्यक्ष पिरोनको शिष्टाचार भेट

अध्यक्ष दाहालसँग फ्रान्स–नेपाल संसदीयमैत्री सामूहिक भेट

विकासका लागि साझा संवाद गरौँ: सभामुख अर्याल

सबै नागरिकले सुरक्षित महसुस गर्ने राज्य निर्माण गर्नु आजको आवश्यकता : सभामुख अर्याल

छठले सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता बलियो बनाओस् : सभामुख अर्याल

मधेस प्रदेशसभा शनिबार दिउँसो १ः०० बजेदेखि आह्वान

मधेस प्रदेशसभाको बैठक कात्तिक २८ गते आह्वान

नेपाल संवत् सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख अर्याल

नेपाल संवत् सम्पूर्ण नेपालीको साझा सम्पदा होः सभामुख अर्याल