सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

राजर्षिजनक विश्वविद्यालयका स्नातक र स्नातकोत्तरमा १० प्रतिशतलाई छात्रवृत्ति दिने निर्णय

२०८३ भाद्र १८, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, भदौ १८ गते । राजर्षिजनक विश्वविद्यालयले शैक्षिकसत्र २०८३–८४ देखि स्नातक तथा स्नातकोत्तर तहमा भर्ना हुने विद्यार्थीमध्ये कम्तिमा १० प्रतिशतलाई अनिवार्य छात्रवृत्ति उपलब्ध गराउने निर्णय गरेको छ। विश्वविद्यालय कार्यकारी परिषद्को बैठकको निर्णयअनुसार विश्वविद्यालय अन्तर्गतका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा सञ्चालित सम्पूर्ण शैक्षिक कार्यक्रममा छात्रवृत्ति व्यवस्था लागू गर्ने निर्णय गरेको हो।

निर्णयअनुसार जेहेन्दार, विपन्न तथा लक्षित वर्गका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ । यसका लागि विश्वविद्यालयले  ‘राजर्षिजनक विश्वविद्यालय छात्रवृत्ति व्यवस्थापन कार्यविधि, २०८३’ स्वीकृत गरेको छ। राजर्षिजनक विश्वविद्यालयका रजिष्ट्रार डा. जीवन काफ्लेका अनुसार स्वीकृत कार्यविधिअनुसार विश्वविद्यालय अन्तर्गतका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा सञ्चालन हुने स्नातक र स्नातकोत्तर तहका सम्पूर्ण शैक्षिक कार्यक्रममा भर्ना हुने विद्यार्थीमध्ये कम्तमा १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनुपर्नेछ।

विश्वविद्यालयको रजिष्ट्रार कार्यालयले छात्रवृत्ति व्यवस्थासम्बन्धी निर्णय कार्यान्वयनका लागि विज्ञान प्रविधि तथा इन्जिनियरिङ संकाय, व्यवस्थापन संकाय, मानविकी तथा कानून संकाय र स्वास्थ्य विज्ञान संकायका डीन कार्यालयलाई पत्राचार गरेको छ।

विश्वविद्यालयले छात्रवृत्ति वितरणलाई व्यवस्थित र पारदर्शी बनाउन स्वीकृत कार्यविधिअनुसार आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ । विश्वविद्यालयले निर्णय कार्यान्वयनका लागि सम्बन्धित संकाय तथा निकायलाई आवश्यक कार्य अघि बढाउन आग्रह गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

फोहरलाई स्रोतका रूपमा उपयोग गर्न प्रेरित गर्दै ‘आरयू फेस्ट’

विकेन्द्रीकरण विस्तारको तयारीमा त्रिवि

त्रिविले खुलायो M.Ed. र MSSEd विद्यार्थीलाई परीक्षा केन्द्र रोज्ने सुविधा

प्रवासीको सहयोगमा विद्यालय भवन निर्माण

विद्यालयका निम्ति जग्गा खरिद गर्न देउसीभैलोबाट जुट्यो नौ लाख

चिनियाँ दूतावासले बलान बिहुलमा शैक्षिक तथा स्वास्थ्य सामग्री सहयोग

अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान

टर्कीका शिक्षामन्त्रीसँगै मन्त्री पोखरेलको विद्यालय अवलोकन : बालमैत्री र हरित शिक्षाका अभ्यासबारे चासो

जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौँ: शिक्षामन्त्री पोखरेल

निधि भवन राजर्षी जनक विश्वविद्यालयलाई हस्तान्तरण

गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्दै विद्यार्थी

त्रिविको जग्गा फिर्ता ल्याउनेदेखि शैक्षिक वातावरण सुधार्नेसम्मका विषयमा मन्त्रालयको चासो