सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

विद्यार्थी, युवा र वैदेशिक रोजगारीबाट फर्किएकालाई वृत्ति मार्गनिर्देशन सेवा

२०८३ भाद्र २०, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २० भदौः शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यार्थी, युवा, कामदार तथा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई लक्षित गरी ‘वृत्ति मार्गनिर्देशन सेवा’ सञ्चालन गर्ने भएको छ । शिक्षा ऐन, २०२८ को दफा १९ (क) ले दिएको अधिकार प्रयोग गरी ‘वृत्ति मार्गनिर्देशन सेवा सञ्चालन निर्देशिका, २०८३’ जारी गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सचिव चूडामणि पौडेलद्वारा प्रमाणित निर्देशिकाले विद्यालयमा कक्षा ८ वा सोभन्दा माथि अध्ययनरत विद्यार्थी, युवा, कामदार र वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई लक्षित वर्गका रूपमा परिभाषित गरेको छ । उहाँहरूको रुचि, खुबी, क्षमता तथा सबल पक्ष पहिचान गरी उपयुक्त वृत्ति विकल्प छनोटमा सहयोग गर्ने व्यवस्था निर्देशिकामा गरिएको छ ।

निर्देशिकाअनुसार विद्यार्थी तथा युवाको क्षमता र रुचि मूल्याङ्कन गरी उपयुक्त विषय, पेसा तथा वृत्तिपथ छनोटका लागि मार्गनिर्देशन तथा परामर्श सेवा उपलब्ध गराइनेछ । त्यसका लागि साइकोमेट्रिक परीक्षणलगायतका विधि र उपकरण प्रयोग गरी ‘करिअर लेखाजोखा’ गरिने व्यवस्था छ ।

साधारण शिक्षा तथा प्राविधिक एवं व्यावसायिक शिक्षा र तालिममध्ये उपयुक्त विकल्प छनोट गर्न तथ्यमा आधारित परामर्श प्रदान गर्ने, विद्यार्थी तथा युवालाई वृत्ति योजना र रोजगारी एवं उद्यमशीलतासम्बन्धी मार्गनिर्देशन दिने निर्देशिकामा उल्लेख छ ।

त्यस्तै, कामको खोजीमा रहेका युवा, विद्यार्थी तथा कामदारको विवरण, सीपसम्बन्धी विवरण (प्रोफाइल) तथा शैक्षिक र तालिम संस्थाको तथ्याङ्क सङ्कलन, विश्लेषण तथा अभिलेखन गरिनेछ । श्रमबजार सूचना प्रणालीका आधारमा शैक्षिक संस्था, पेसा तथा वृत्तिसम्बन्धी जानकारीसमेत अद्यावधिक गरिने व्यवस्था छ । वैदेशिक रोजगारीबाट फर्किएका व्यक्ति तथा बेरोजगार युवाको सीप र क्षमताको मूल्याङ्कन गरी रोजगारी तथा स्वरोजगारीका अवसरसम्बन्धी लक्षित परामर्श उपलब्ध गराउने व्यवस्था पनि निर्देशिकामा छ ।

श्रमबजारमा प्रवेशका लागि आवश्यक ‘करिअर’ व्यवस्थापन सीप, व्यक्तिगत विवरण तयारी तथा अन्तर्वार्तासम्बन्धी सीप विकासका लागि अभिमुखीकरण, तालिम र अभ्यास कार्यक्रम सञ्चालन गरिनेछ । विद्यालयदेखि श्रमबजारसम्मको सङ्क्रमण सहज बनाउन औद्योगिक अवलोकन, उद्यमशीलता विकास, व्यावसायिक योजना तयारी, इन्टनसीप तथा ‘जब स्याडोइ’ जस्ता कार्यक्रमसमेत सञ्चालन गरिने निर्देशिकामा उल्लेख छ ।

वृत्ति, सीप, रोजगारी तथा जीवनपर्यन्त सिकाइसम्बन्धी सूचना तथा सामग्रीलाई डिजिटल माध्यमबाट उपलब्ध गराउने र लक्षित वर्गको पहुँच विस्तार गर्ने व्यवस्था पनि गरिएको छ । वृत्ति मार्गनिर्देशन सेवा सञ्चालनका लागि शिक्षा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा निर्देशक समिति रहने व्यवस्था छ ।

समितिमा शिक्षा विभाग, पाठ्यक्रम विकास केन्द्र, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् तथा मन्त्रालयका सम्बन्धित पदाधिकारी र एक जना विज्ञ रहनेछन् । सेवा प्रभावकारी रूपमा सञ्चालन गर्न शिक्षा विभागमा ‘वृत्ति मार्गनिर्देशन समन्वय एकाइ’ रहनेछ । उक्त एकाइले लक्षित वर्गको व्यक्तित्व, क्षमता र रुचिअनुसार उपयुक्त वृत्तिक्षेत्र तथा वृत्तिपथ पहिचानमा सहयोग गर्नेछ ।

निर्देशिकाले निजी क्षेत्र तथा विभिन्न सङ्घसंस्थाबाट प्रदान गरिने वृत्ति मार्गनिर्देशन तथा परामर्शसम्बन्धी गतिविधिलाई सहजीकरण, व्यवस्थापन तथा नियमन गर्ने तथा सेवा प्रदायक र सेवाग्राहीबीच अनुभव आदानप्रदानका लागि आवश्यक प्लेटफर्म विकास गर्ने व्यवस्था पनि गरेको छ ।

स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीलाई समेत उनीहरूले अध्ययन गरेको विषय, रुचिको क्षेत्र, व्यक्तिगत क्षमता तथा दक्षताको मूल्याङ्कनका आधारमा रोजगारी र स्वरोजगारीका अवसर तथा सम्भावनाबारे मार्गनिर्देशन र परामर्श प्रदान गरिने निर्देशिकामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

फोहरलाई स्रोतका रूपमा उपयोग गर्न प्रेरित गर्दै ‘आरयू फेस्ट’

विकेन्द्रीकरण विस्तारको तयारीमा त्रिवि

त्रिविले खुलायो M.Ed. र MSSEd विद्यार्थीलाई परीक्षा केन्द्र रोज्ने सुविधा

प्रवासीको सहयोगमा विद्यालय भवन निर्माण

विद्यालयका निम्ति जग्गा खरिद गर्न देउसीभैलोबाट जुट्यो नौ लाख

चिनियाँ दूतावासले बलान बिहुलमा शैक्षिक तथा स्वास्थ्य सामग्री सहयोग

अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान

टर्कीका शिक्षामन्त्रीसँगै मन्त्री पोखरेलको विद्यालय अवलोकन : बालमैत्री र हरित शिक्षाका अभ्यासबारे चासो

जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौँ: शिक्षामन्त्री पोखरेल

निधि भवन राजर्षी जनक विश्वविद्यालयलाई हस्तान्तरण

गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्दै विद्यार्थी

त्रिविको जग्गा फिर्ता ल्याउनेदेखि शैक्षिक वातावरण सुधार्नेसम्मका विषयमा मन्त्रालयको चासो