सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

सामुदायिक विद्यालय अभिभावक संघद्धारा सहयोग गर्न आव्हान

२०८३ भाद्र २२, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

भक्तपुर । सामुदायिक विद्यालय अभिभावक संघले भोटेकोशीको विनाशकारी बाढी प्रभावित जनताको लागि सहयोग गर्न आव्हान गरेको छ । संघको हालै बसेको बैठकले संघको तर्फबाट प्रधानमन्त्री राहतकोषमा ५० हजार रुपियाँ जम्मा गर्ने निर्णय गरेको हो ।

भोटेकोशी बाढीको वितण्डाले रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लाका विभिन्न स्थानमा ठूलो सङ्ख्यामा जनधनको क्षति पु¥याएको छ । सिङ्गो देश शोकमा डुबेको छ । बाढीबाट खवौं रुपियाँको भौतिक संरचना ध्वस्त भएको छ भने उद्धार कार्य चुनौतीपूर्ण बनेको संघले जनाएको छ ।

संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ-धेरै विद्यार्थीले अभिभावक गुमाएका छन् भने बाबु आमाको काख रित्तिएको अवस्था छ । यस अकल्पनीय तथा ठूलो सङ्ख्यामा जनधनको क्षति पु¥याउने विनाशकारी घटनावाट संघ अत्यन्त मर्माहत बनेको छ। संघका अध्यक्ष रामप्रसाद न्यौपानेद्धारा जारी विज्ञप्तिमा सो घटनामा सहयोग गर्न सबै सराकारवाला निकायलाई अपिल गर्दै संघका पदाधिकारी तथा सदस्यहरुबाट संकलन गरी सो एकमुष्ट रकम प्रदान गर्ने निर्णय गरेको छ ।

केन्द्रीय समितिको बैठकले तत्काल बाढीबाट विस्थापित भएका विद्यार्थीहरुको पठनपाठन कार्यलाई निरन्तरता दिन आवश्यक सहयोग उपलब्ध गराउन सरकारलाई आग्रह गरेको छ । यस अत्यन्त कठिन परिस्थितिमा संघले मानवीय कर्तव्य सम्झेर सबै वर्ग, समुदाय तथा व्यक्तिगत रुपमा पनि सहयोगको हात अघि बढाउन आम रुपमा आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

फोहरलाई स्रोतका रूपमा उपयोग गर्न प्रेरित गर्दै ‘आरयू फेस्ट’

विकेन्द्रीकरण विस्तारको तयारीमा त्रिवि

त्रिविले खुलायो M.Ed. र MSSEd विद्यार्थीलाई परीक्षा केन्द्र रोज्ने सुविधा

प्रवासीको सहयोगमा विद्यालय भवन निर्माण

विद्यालयका निम्ति जग्गा खरिद गर्न देउसीभैलोबाट जुट्यो नौ लाख

चिनियाँ दूतावासले बलान बिहुलमा शैक्षिक तथा स्वास्थ्य सामग्री सहयोग

अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान

टर्कीका शिक्षामन्त्रीसँगै मन्त्री पोखरेलको विद्यालय अवलोकन : बालमैत्री र हरित शिक्षाका अभ्यासबारे चासो

जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौँ: शिक्षामन्त्री पोखरेल

निधि भवन राजर्षी जनक विश्वविद्यालयलाई हस्तान्तरण

गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्दै विद्यार्थी

त्रिविको जग्गा फिर्ता ल्याउनेदेखि शैक्षिक वातावरण सुधार्नेसम्मका विषयमा मन्त्रालयको चासो