सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

प्राप्त सुझावलाई प्राथमिकतामा राखेर काम गर्छौँः मन्त्री पोखरेल

२०८३ भाद्र २८, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सप्तरी, २८ भदौः शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेसका जिल्लाका विद्यार्थी, अभिभावक, जनप्रतिनिधि तथा शिक्षाकर्मीबाट आएको सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताउनुभएको छ ।

सुझाव सङ्कलन गर्न राजविराजस्थित रहेको केशो अनिरूद्ध बति माध्यमिक विद्यालय राजविराज पुग्नुभएका मन्त्री पोखरेलले सप्तरीसहित मधेसका जिल्लाका विद्यालय पुगेर स्थलगत निरीक्षण गरी विद्यार्थी, अभिभावक, शिक्षक, जनप्रतिनिधिको सुझाव लिएर काम अघि बढाइने बताउनुभयो ।

उहाँले भन्नुभयो, “जिल्लाअनुसार मौखिक र लिखित फाराम दिएर सुझाव सङ्कलन गर्दैछौँ । प्राप्त सुझावलाई प्राथमिकतामा राखेर कामको गति अगाडि बढाउने योजना छ ।”

तीन दिनदेखि मधेस प्रदेशको यात्रामा रहेको जानकारी दिँदै मन्त्री पोखरेलले नयाँ पाठ्यक्रम निर्माण गर्ने, नयाँ शिक्षा ऐन नियमावली बन्ने क्रममा यथार्थमा आधारित सुझाव लिएर नयाँ पाठ्यक्रम बनाउने योजना रहेको बताउनुभयो । नयाँ पाठ्यक्रम कसरी बनाउने के भइदिएको भए हुने थियोे ? भन्ने विषयमा सुझाव माग्दा सीपमा आधारित शिक्षा हुनुपर्ने सुझाव आएको उहाँले बताउनुभयो । स्थलगत समस्या बुझेपछि समस्या समाधान गर्न सहज हुने भएकाले अन्य प्रदेशमा पनि सुझाव सङ्कलन गरिने मन्त्री पोखरेलले बताउनुभयो ।

मधेस प्रदेश कृषि विश्वविद्यालयका रजिस्ट्रार डा भगवान ठाकुरको टोलीले मन्त्री पोखरेललाई प्रादेशिक विश्वविद्यालयलाई केन्द्रीय विश्वविद्यालय सरह, विश्वविद्यालय अनुदान आयोगलगायत अन्य निकायसँग सहयोग समन्वय तथा एकीकृत प्रवेश परीक्षा र प्रदेशमा खोलिने कृषि कलेजलाई यसै विश्वविद्यालयअन्तर्गत समावेश गर्न ज्ञापनपत्र बुझाउनु भएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

फोहरलाई स्रोतका रूपमा उपयोग गर्न प्रेरित गर्दै ‘आरयू फेस्ट’

विकेन्द्रीकरण विस्तारको तयारीमा त्रिवि

त्रिविले खुलायो M.Ed. र MSSEd विद्यार्थीलाई परीक्षा केन्द्र रोज्ने सुविधा

प्रवासीको सहयोगमा विद्यालय भवन निर्माण

विद्यालयका निम्ति जग्गा खरिद गर्न देउसीभैलोबाट जुट्यो नौ लाख

चिनियाँ दूतावासले बलान बिहुलमा शैक्षिक तथा स्वास्थ्य सामग्री सहयोग

अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान

टर्कीका शिक्षामन्त्रीसँगै मन्त्री पोखरेलको विद्यालय अवलोकन : बालमैत्री र हरित शिक्षाका अभ्यासबारे चासो

जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौँ: शिक्षामन्त्री पोखरेल

निधि भवन राजर्षी जनक विश्वविद्यालयलाई हस्तान्तरण

गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्दै विद्यार्थी

त्रिविको जग्गा फिर्ता ल्याउनेदेखि शैक्षिक वातावरण सुधार्नेसम्मका विषयमा मन्त्रालयको चासो