सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

चोरीमा संलग्न व्यक्तिहरू पक्राउ

२०८३ असोज १०, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोमा ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चन्द्रागिरी नगरपालिका-१२ बस्ने धादिङ घर भएका २७ वर्षीय नारायण तामाङ, २२ वर्षीय आकाश तामाङ र २१ वर्षीय वेल बहादुर तामाङ रहेका छन् ।

चन्द्रागिरी नगरपालिका-९ मच्छेगाउँस्थित एक घर अगाडि पार्किङ गरी राखेको मोटरसाइकल बिहीबार बिहान चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई चन्द्रागिरी नगरपालिका-१ गोकुलपाटीबाट पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट बा.प्र ०२-०४१ प ३९३४ र बा.प्र ०२४५ प ६७०५ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।

यसैगरी काठमाडौं, हाते ट्याक्टर चोरीमा संलग्न रहेको अभियोगमा ५ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर चाँगुनारायण नगरपालिका-५ छालिङ घर भएका ४१ वर्षीय राजु मचामसी, २१ वर्षीय राजेश मचामसी, १९ वर्षीय राजन मचामसी, रौतहट घर भएका ३५ वर्षीय राजेश्वर जैसवाल र काभ्रे घर भएका ४८ वर्षीय बिपिन कुमार शाही रहेका छन् । विभिन्न मिति र समयमा स्वयम्भू क्षेत्रबाट हाते ट्याक्टरहरू चोरी भएको घटनाको अनुसन्धानको क्रममा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी उक्त कार्यमा संलग्न उनीहरूलाई भक्तपुर मध्यपुर थिमि नगरपालिका-९ बाट पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट विभिन्न स्थानबाट चोरी भएका १४ थान हाते ट्याक्टरहरू समेत बरामद गरेको छ ।

उनीहरू उपर चोरी सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दैलेखमा बन्चरो प्रहारबाट आमा र दुई छोराछोरीको मृत्यु, एक बालक गम्भीर घाइते

भीमफेदी कारागारबाट भागेका मोक्तान हेटौंडा बसपार्कबाट पक्राउ

कात्तिकमा ७० लाखको सामान बरामद

करिब ४ सय ४३ किलो गाँजा सहित दुई जना पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षकमाथि आरोपपत्र दायर

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

जुवाको खालबाट २५ जना पक्राउ

दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

मुद्दाका फरार प्रतिवादीहरू पक्राउ