शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
मध्यपुर थिमि, १० असोज : येँया पुन्हि (इन्द्रजात्रा) का अवसरमा मध्यपुर थिमि–५ स्थित दिगु भैरव मन्दिर परिसरमा शनिबार बेलुका जिब्रो छेड्नुहुँदै वीरेन्द्रभक्त गजू श्रेष्ठ । परम्परादेखि चल्दै आएको जिब्रो छेड्ने जात्राअन्तर्गत श्रेष्ठले जिब्रो छेडेको यो पाँचौँपटक हो ।
जिब्रो छेडिसकेपछि १७ वटा दीप प्रज्वलित चन्द्रकार अर्धचन्द्राकार भ्ये (भ्या) बोकेर दुईपोखरी, ईनायटोल, लायकू, बालकुमारी, शङ्खधर चोक, दक्षिणाबाही परिक्रमा गरी पुनः शङ्खधर चोक, चारदोबाटो, सिद्धिकाली, चपाचो, बाहाखा, नगदेश, नगरपालिका चोक, पाटीविहार, भुलाँखेल, चोडे, शिवाटोल हुँदै बालकुमारी मन्दिर पुगेर जिब्रोको सियो निकालेपछि जात्रा समापन हुनेछ । तस्बिर : रत्न श्रेष्ठ/रासस
