सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

प्रेमसम्बन्धको जालमा पारेर रकम असुल्ने युवती प्रहरी फन्दामा

२०८३ असोज १२, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बाँके । प्रेम तथा शारीरिक सम्बन्धको जालमा पारेर एक पुरुषलाई विभिन्न मुद्दामा फसाइदिने भन्दै डरधम्की देखाई नगद तथा जिन्सी सामान असुलेको आरोपमा बाँके प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका–२ घर भई हाल काठमाडौंमा बस्दै आएकी ३० वर्षीया श्रेष्ठ थरकी युवती रहेकी छन्। उनी काठमाडौं महानगरपालिका–१०, सुकेधारामा कोठा भाडामा लिएर बस्दै आएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार उनले बाँकेको बैजनाथ गाउँपालिका–२ का ३२ वर्षीय पुरुषलाई पूर्वयोजना बनाई प्रेमसम्बन्ध तथा शारीरिक सम्बन्धको जालमा पारेकी थिइन्।

सम्बन्ध स्थापित भएपछि विभिन्न मुद्दामा फसाइदिने भन्दै डर, त्रास र धाकधम्की देखाएर पटक–पटक नगद तथा जिन्सी सामान लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रतितसिंह राठोरका अनुसार घटनालाई ‘हनी ट्रयाप’ मार्फत आपराधिक लाभ लिने कार्यका रूपमा अनुसन्धान भइरहेको छ।

केही समयदेखि फरार रहेकी उनलाई असोज ५ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दैलेखमा बन्चरो प्रहारबाट आमा र दुई छोराछोरीको मृत्यु, एक बालक गम्भीर घाइते

भीमफेदी कारागारबाट भागेका मोक्तान हेटौंडा बसपार्कबाट पक्राउ

कात्तिकमा ७० लाखको सामान बरामद

करिब ४ सय ४३ किलो गाँजा सहित दुई जना पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षकमाथि आरोपपत्र दायर

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

जुवाको खालबाट २५ जना पक्राउ

दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

मुद्दाका फरार प्रतिवादीहरू पक्राउ