सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

२०८३ असोज १४, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, असोज १४ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी सवारीसाधन चलाउने तीन चालकलाई नियन्त्रणमा लिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको गेट अगाडि आज गरिएको लापसे चेकिङका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा एक मिनी ट्रक चालक, एक पिकअप चालक र एक विद्युतीय (इभी) हाइस चालक छन् । उनीहरूलाई लागुऔषध सेवन गरी सवारी चलाइरहेको अवस्थामा फेला पारिएको कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीको सहयोगमा उपत्यका ट्राफिक प्रहरी कार्यालय, प्रहरी वृत्त कीर्तिपुर, ट्राफिक प्रहरी प्रभाग कीर्तिपुर र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले आवश्यक ‘चेकिङ’ गरेको थियो ।

नियन्त्रणमा लिइएका तीनै चालकलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त कीर्तिपुर पठाइएको ट्राफिक प्रहरीले जनाएको छ । प्रवक्ता सुवेदीले लागुऔषध सेवन गरी सवारीसाधन चलाउनु नियमविपरीत र दण्डनीय कार्य भएकाले चालकलाई सचेत रहन आग्रह गर्नुभयो ।

उहाँले चालकले लागुऔषध वा मादक पदार्थ सेवन गरेको शङ्का लागेमा नजिकको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रुमको हटलाइन १०३ वा प्रहरीको हटलाइन १०० मा खबर गर्न आग्रह गर्नुभयो ।  रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दैलेखमा बन्चरो प्रहारबाट आमा र दुई छोराछोरीको मृत्यु, एक बालक गम्भीर घाइते

भीमफेदी कारागारबाट भागेका मोक्तान हेटौंडा बसपार्कबाट पक्राउ

कात्तिकमा ७० लाखको सामान बरामद

करिब ४ सय ४३ किलो गाँजा सहित दुई जना पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षकमाथि आरोपपत्र दायर

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

जुवाको खालबाट २५ जना पक्राउ

दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

मुद्दाका फरार प्रतिवादीहरू पक्राउ