सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

धनुषामा फैसला कार्यान्वयन तीव्र, ३६ वर्ष कैद र ३ लाख ६९ हजार जरिवाना भएका ९ जना पक्राउ

२०८३ असोज १७, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

रौतहट १७ असोज । विभिन्न आपराधिक मुद्दामा अदालतबाट दोषी ठहर भई कैद तथा जरिवाना तोकिएपछि फरार रहेका ९ जना प्रतिवादीलाई धनुषा प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार पक्राउ पर्नेमा कुटपिट मुद्दाका ३ जना तथा ज्यान मार्ने उद्योग, डाँका र लागूऔषध मुद्दामा दोषी ठहर भएका ६ जना छन्।

प्रहरीका अनुसार पक्राउ परेका ९ जनाको हकमा अदालतबाट कुल ३६ वर्ष कैद र ३ लाख ६९ हजार रुपैयाँ जरिवाना तोकिएको थियो।

अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय धनुषा तथा मातहतका प्रहरी युनिटबाट परिचालित टोलीले उनीहरूलाई शुक्रबार जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

पक्राउ परेका सबैलाई अदालतको फैसला कार्यान्वयनका लागि जिल्ला अदालत धनुषामा बुझाइएको प्रहरीले जनाएको छ। प्रहरीले फरार प्रतिवादी पक्राउ तथा अदालतबाट भएका फैसला कार्यान्वयनलाई निरन्तरता दिइरहेको जनाएको छ। न्यूज कारखाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दैलेखमा बन्चरो प्रहारबाट आमा र दुई छोराछोरीको मृत्यु, एक बालक गम्भीर घाइते

भीमफेदी कारागारबाट भागेका मोक्तान हेटौंडा बसपार्कबाट पक्राउ

कात्तिकमा ७० लाखको सामान बरामद

करिब ४ सय ४३ किलो गाँजा सहित दुई जना पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षकमाथि आरोपपत्र दायर

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

जुवाको खालबाट २५ जना पक्राउ

दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

मुद्दाका फरार प्रतिवादीहरू पक्राउ