गलकोट (बागलुङ), असोज २१ गते । बागलुङको निसीखोला गाउँपालिका–१ स्थित सामुदायिक वनमा लुकाइछिपाइ राखिएको अवस्थामा सात थान अवैध भरुवा बन्दुक बरामद भएको छ ।
इलाका प्रहरी कार्यालय बुर्तिबाङ बागलुङबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा असोज २१ गते बिहान करिब ९ बजेतिर सल्लेरी सामुदायिक वनस्थित वनमाराको झाडीभित्र बेवारिसे अवस्थामा राखिएका १ नाले भरुवा बन्दुक ७ थान फेला पारेको हो ।
प्रहरीका अनुसार झाडीभित्र लुकाइछिपाइ राखिएको अवस्थामा फेला परेका ती भरुवा बन्दुकहरू नियन्त्रणमा लिएर बरामदको आवश्यक कानुनी प्रक्रिया पूरा गरिएको छ ।
उक्त बन्दुकहरू कसले र कुन प्रयोजनका लागि त्यहाँ राखेको हो भन्ने विषयमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक यामनारायण अर्यालले जानकारी दिनुभयो ।
