सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

बागमतीले १०औँ राष्ट्रिय खेलकुदमा ३२ वटै खेलमा सहभागिता जनाउने

२०८३ असोज २२, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

हेटौँडा, २२ असोजः बागमती प्रदेशले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश ३२ वटै खेलमा सहभागिता जनाउने भएको छ ।

प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव दीपक लामाका अनुसार प्रतियोगितामा बागमतीबाट ६५६ खेलाडीसहित कुल ७८२ जनाको सहभागिता रहने छ । प्रतियोगिताका लागि प्रदेशका १३ वटै जिल्ला तथा सम्बन्धित खेल सङ्घलाई तयारी र खेलाडी छनोटका लागि पत्राचार गरिएको छ । आगामी कात्तिक १५ गतेभित्र सबै खेलको छनोट प्रक्रिया सम्पन्न गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

कुल ३२ खेलमध्ये १२ खेलमा जिल्लास्तरबाट खेलाडी छनोट गरिनेछन् भने बाँकी खेलमा खुल्ला छनोट हुनेछ । खुल्ला छनोटमा प्रदेशका १३ जिल्लामा बसोबास गर्ने सम्बन्धित खेलका खेलाडी सहभागी हुन सक्ने प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ ।

यसअघि सम्पन्न तेस्रो बागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगितालाई पनि १०औँ राष्ट्रिय खेलकुदको पूर्वतयारीका रूपमा लिइएको सदस्यसचिव लामाले बताउनुभयो । उक्त प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शनलाई समेत छनोट प्रक्रियासँग जोडिने उहाँको भनाइ छ ।

राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्ने लक्ष्यसहित छनोट भएका खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर विशेष प्रशिक्षण दिने तयारी गरिएको छ । खेलाडीको शारीरिक तयारीसँगै खेल मनोविज्ञान, पोषण तथा नियमित प्रशिक्षणलाई प्राथमिकता दिइने परिषद्ले जनाएको छ ।

आवश्यकताअनुसार योग्य प्रशिक्षक नियुक्त गरेर खेलाडीलाई प्रशिक्षण गराइने सदस्यसचिव लामाले बताउनुभयो । “उत्कृष्ट नतिजाका लागि आवश्यक आधार तयार गर्दैछौँ”, उहाँले भन्नुभयो । प्रतियोगितामा सहभागिताका लागि बागमती प्रदेशले रु पाँच करोड ६० लाखको स्रोत सुनिश्चित गरेको छ ।
प्रदेश सरकारले प्रतियोगितामा पदक जित्ने खेलाडीलाई नगद पुरस्कार दिने व्यवस्थासमेत अघि बढाएको छ ।

प्रदेश सरकारले स्वर्ण पदक विजेतालाई रु एक लाख, रजत पदक प्राप्त गर्नेलाई रु ७५ हजार र कास्य पदक पाउनेलाई रु ५० हजार प्रदान गर्ने गरी कार्यविधि तयार गरिएको परिषद्ले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दीपेश महतले जिते विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक

‘एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो’

एक्स्ट्रिम दोस्रो झापा महिला गोल्डकप प्रतियोगिता मङ्सिर ५ गतेदेखि

मेसी बने मेजर लिग सकरका सर्वाधिक तलब पाउने खेलाडी (सुचीसहित)

एनपीएलको फाइनलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दै

दशौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

एनपिएल : चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स फाइनलमा

एन्फामाथिको निलम्बन र प्रतिबन्ध फुकुवा

दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने

तीन वर्षपछि भारतमा हुँदै आइपिएलको खेलाडी अक्सन

आइपिएल २०२७ को अक्सन डिसेम्बर १६ मा गोवामा हुने

डेफ फुटबल च्याम्पियनसिप खेल्न नेपाली टोली दक्षिण कोरिया प्रस्थान