सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

गौर भन्सारबाट नेपाली-भारतीय रुपैयाँसहित एकजना पक्राउ

२०८३ असोज २३, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

रौतहट, २३ असोज । रौतहटको गौरमा प्रहरीले ठूलो परिमाणमा नेपाली तथा भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। बरामद रकमको स्रोत नखुलेपछि प्रहरीले हुण्डी कारोबारको आशंकामा अनुसन्धान अघि बढाएको छ।

पक्राउ पर्नेमा गौर नगरपालिका–१ का ४२ वर्षीय शेराज अलि रहेका छन्। बुधबार राति करिब साढे ८ बजे गौर नगरपालिका–१ स्थित गौर भन्सार कार्यालय अगाडि भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३० एआर २४९५ नम्बरको टीभीएस राइडर मोटरसाइकल चेकजाँच गर्ने क्रममा अलि पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको बोर्डर एक्सन टिम (BAT) र गौर भन्सार सुरक्षा गार्डको संयुक्त टोलीले शंकास्पद अवस्थामा मोटरसाइकल रोकेर चेकजाँच गर्दा उनको साथबाट नेपाली १ लाख १६ हजार ५ सय रुपैयाँ र भारतीय १ लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार नेपालीतर्फ ५ सय दरका २३३ थान नोट र भारतीयतर्फ ५ सय दरका २०० थान नोट बरामद भएको हो।

नगद रकमसँगै प्रहरीले प्रयोग गरिएको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ। बरामद रकमको स्रोत खुलाउन नसकेपछि अलिमाथि हुण्डी कारोबारसम्बन्धी कसुरको आशंकामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमले जानकारी दिए।

प्रहरीले सीमावर्ती क्षेत्रमा अवैध वित्तीय कारोबार नियन्त्रणका लागि निगरानी तथा चेकजाँचलाई थप कडाइ गरेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दैलेखमा बन्चरो प्रहारबाट आमा र दुई छोराछोरीको मृत्यु, एक बालक गम्भीर घाइते

भीमफेदी कारागारबाट भागेका मोक्तान हेटौंडा बसपार्कबाट पक्राउ

कात्तिकमा ७० लाखको सामान बरामद

करिब ४ सय ४३ किलो गाँजा सहित दुई जना पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षकमाथि आरोपपत्र दायर

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

जुवाको खालबाट २५ जना पक्राउ

दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

मुद्दाका फरार प्रतिवादीहरू पक्राउ