सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

बालाजुमा लागूऔषध कारोबारी पक्राउ गर्न प्रहरीले गर्यो हवाई फायर, ३०० ग्राम हेरोइन बरामद

२०८३ असोज २७, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । काठमाडौंको बालाजुमा लागूऔषध नियन्त्रण ब्युरोको टोलीले एक राउन्ड हवाई फायर गर्दै लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ परेका युवकको साथबाट ३०० ग्राम खैरो हेरोइन बरामद गरिएको छ। लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरी निरीक्षक राकेश यादवको नेतृत्वमा खटिएको लागूऔषध नियन्त्रण ब्युरोको टोलीले युवकलाई पक्राउ गर्ने क्रममा एक राउन्ड हवाई फायर गरेको बताइएको छ।

पक्राउ परेका युवक र बरामद लागूऔषधबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनासम्बन्धी अन्य विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दैलेखमा बन्चरो प्रहारबाट आमा र दुई छोराछोरीको मृत्यु, एक बालक गम्भीर घाइते

भीमफेदी कारागारबाट भागेका मोक्तान हेटौंडा बसपार्कबाट पक्राउ

कात्तिकमा ७० लाखको सामान बरामद

करिब ४ सय ४३ किलो गाँजा सहित दुई जना पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षकमाथि आरोपपत्र दायर

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

जुवाको खालबाट २५ जना पक्राउ

दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

मुद्दाका फरार प्रतिवादीहरू पक्राउ