सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

च्याम्पियन्स लिगमा गोलवर्षा: रियल, पीएसजी, लिभरपुल र एस्टन भिल्लाको शानदार जित

२०८३ असोज २९, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । युरोपेली च्याम्पियन्स लिगअन्तर्गत गएराति भएका खेलमा रियल मड्रिड, पेरिस सेन्ट जर्मेन (पीएसजी), लिभरपुल र एस्टन भिल्लाले जित निकालेका छन्। रियल मड्रिडले रोमालाई ४-३ ले हराउँदा पीएसजीले म्यानचेस्टर सिटीलाई ४-२ ले पराजित गर्‍यो। त्यस्तै, लिभरपुलले एलएएसकेलाई ६-३ र एस्टन भिल्लाले फेनरबाचेलाई ६-० ले हराए।

इटालीमा भएको खेलमा रियल मड्रिडले रोमालाई ४-३ ले पराजित गर्‍यो। रोमाका मार्टेन डी रुनले २०औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। रियलका केलियन एम्बाप्पेले २५औँ मिनेटमा बराबरी गोल फर्काए। दोस्रो हाफमा डोनीएल मालेनले ५१औँ र ५७औँ मिनेटमा गोल गर्दै रोमालाई ३-१ को अग्रता दिलाए।

तर खेलको अन्तिम समयमा रियलले उत्कृष्ट पुनरागमन गर्‍यो। कार्लोस एस्पीले ८२औँ मिनेटमा गोल गर्दै अन्तर घटाए। एन्ड्रिकले ८५औँ मिनेटमा बराबरी गोल गरे भने एन्टोनियो रुडिगरले ९०औँ मिनेटमा निर्णायक गोल गर्दै रियललाई ४-३ को जित दिलाए।

इंग्लिस क्लब म्यानचेस्टर सिटी आफ्नै मैदानमा पीएसजीसँग ४-२ ले पराजित भयो। पीएसजीका डिजिरे डुएले १३औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। उस्मान डेम्बेलेले १५औँ मिनेटमा दोस्रो गोल थपे। भिटिन्हाले ३२औँ मिनेटमा गोल गरेपछि पीएसजी पहिलो हाफमै ३-० ले अघि रह्यो।

दोस्रो हाफमा म्यानचेस्टर सिटीका एर्लिङ हालान्डले ५३औँ मिनेटमा गोल गर्दै अन्तर घटाए। पीएसजीका म्याग्नेस अक्लिउसले ६२औँ मिनेटमा चौथो गोल गरे। हालान्डले ७५औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे पनि सिटीलाई हारबाट जोगाउन सकेनन्। पीएसजीले ४-२ को जित निकाल्यो।

लिभरपुलले एलएएसकेलाई ६-३ ले पराजित गर्‍यो। लिभरपुलका ब्राडली बार्कोलाले ह्याट्रिक गरे। रोनाल्ड अराउहो, जेरेमी फ्रिम्पोङ र लुइस कोउमासले पनि गोल गरे। घरेलु टोलीका फ्लोरियन फ्लेकरले दुई गोल फर्काए पनि एलएएसकेले हार टार्न सकेन।

अर्को खेलमा एस्टन भिल्लाले फेनरबाचेलाई ६-० ले हरायो। निकोलस ज्याक्सनले दुई गोल गरे। जोहान मान्जाम्बी, रस बार्कली र ट्यामी अब्राहमले पनि गोल गरे। भिल्लाले खेलमा प्रभावशाली प्रदर्शन गर्दै फराकिलो जित निकाल्यो।

गएराति भएका अन्य खेलमा फेनोर्डले कोमोलाई ३-२ ले पराजित गर्‍यो। शाख्तर डोनेस्कले एईके एथेन्सलाई ३-१ ले हराउँदा बोडो/ग्लिम्टले बोरुसिया डर्टमन्डलाई १-० ले पराजित गर्‍यो। रियल बेटिसले पोर्टोलाई ३-२ ले हराउँदा स्टुटगार्टले स्लोभान ब्रातिस्लाभालाई ३-० ले पराजित गर्‍यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दीपेश महतले जिते विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक

‘एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो’

एक्स्ट्रिम दोस्रो झापा महिला गोल्डकप प्रतियोगिता मङ्सिर ५ गतेदेखि

मेसी बने मेजर लिग सकरका सर्वाधिक तलब पाउने खेलाडी (सुचीसहित)

एनपीएलको फाइनलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दै

दशौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

एनपिएल : चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स फाइनलमा

एन्फामाथिको निलम्बन र प्रतिबन्ध फुकुवा

दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने

तीन वर्षपछि भारतमा हुँदै आइपिएलको खेलाडी अक्सन

आइपिएल २०२७ को अक्सन डिसेम्बर १६ मा गोवामा हुने

डेफ फुटबल च्याम्पियनसिप खेल्न नेपाली टोली दक्षिण कोरिया प्रस्थान