सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

भाउजूको हत्या गर्ने देवर बलबहादुर खत्री गुल्मी प्रहरीको नियन्त्रणमा

२०८३ असोज २९, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

रेसुङ्गा (गुल्मी), असोज २९ गते । गुल्मीको मालिकामा देवरले भाउजूको हत्या गरेको प्रहरीले जनाएको छ । मालिका गाउँपालिका–२, दर्लिङको खोलाखर्कका ४६ वर्षीय बलबहादुर खत्रीले ४२ वर्षीया लिला खत्रीको हत्या गरेको आरोप छ ।

गत असोज २५ गते मादक पदार्थ सेवन गरेका बलबहादुरले भाउजू लिलालाई कुटपिट गरी गम्भीर घाइते बनाएका थिए ।

लुम्बिनी मेडिकल कलेज, प्रभास, पाल्पामा उपचार गराएर घर फर्किने क्रममा प्रहरीले शंका लागेपछि लिलालाई गुल्मी अस्पताल पुर्‍याएको थियो । अस्पतालमा जाँच गर्ने क्रममा उनको मृत्यु भएको पाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिनुभयो ।

प्रहरीले आरोपित बलबहादुरलाई नियन्त्रणमा लिएर कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ । लिलाको शव गुल्मी अस्पतालमा पोस्टमार्टम गरी परिवारलाई बुझाइएको प्रहरी नायब उपरीक्षक विश्वकर्माले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दैलेखमा बन्चरो प्रहारबाट आमा र दुई छोराछोरीको मृत्यु, एक बालक गम्भीर घाइते

भीमफेदी कारागारबाट भागेका मोक्तान हेटौंडा बसपार्कबाट पक्राउ

कात्तिकमा ७० लाखको सामान बरामद

करिब ४ सय ४३ किलो गाँजा सहित दुई जना पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षकमाथि आरोपपत्र दायर

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

जुवाको खालबाट २५ जना पक्राउ

दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

मुद्दाका फरार प्रतिवादीहरू पक्राउ