सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा पाकिस्तानका मिसबाह उलहक नियुक्त

२०८३ असोज ३०, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ३० असोजः नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्सले पाकिस्तानका पूर्वकप्तान मिसबाह उल हकलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ । पहिलो र दोस्रो संस्करणमा मुख्य प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएका जगत टमाटाको स्थानमा मिसबाहलाई नियुक्त गरिएको सुदूरपश्चिम रोयल्सले आज सामाजिक सञ्जालमार्फत औपचारिक रूपमा जानकारी दिएको हो ।

पाकिस्तानको राष्ट्रिय टोलीबाट लामो समय खेल्नुभएका अनुभवी ब्याटर मिसबाहले अब एनपिएलमा सुदूरपश्चिमको नेतृत्व सम्हाल्नुहुने भएको हो । मिसबाहले पाकिस्तानका लागि टेस्ट, एकदिवसीय अन्तरराष्ट्रिय र टी–२० अन्तरराष्ट्रिय गरी तीनवटै प्रारूपमा खेल्नुभएको छ । उहाँले ७५ टेस्ट, १६२ एकदिवसीय अन्तरराष्ट्रिय र ३९ टी–२० अन्तरराष्ट्रिय खेलमा पाकिस्तानको प्रतिनिधित्व गर्नुभएको थियो ।

खेलाडीको रूपमा स्थापित मिसबाहले कप्तानको भूमिकामा पनि पाकिस्तानको क्रिकेटमा महत्त्वपूर्ण योगदान दिइसक्नुभएको छ  । उहाँको नेतृत्वमा पाकिस्तानले ५६ टेस्टमध्ये २६ खेल जितेको थियो ।

मिसबाहले सन् २०१५ को एकदिवसीय विश्वकपपछि सीमित ओभरका अन्तरराष्ट्रिय खेलबाट सन्न्यास लिनुभएको थियो ।  सन् २०१९ देखि २०२१ सम्म उहाँले पाकिस्तानको राष्ट्रिय पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षक तथा प्रमुख छनोटकर्ताको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

अन्तरराष्ट्रिय क्रिकेटमा खेलाडी र प्रशिक्षक दुवै भूमिकामा अनुभव हासिल गर्नुभएका मिसबाहको नियुक्तिले सुदूरपश्चिमको आगामी सिजनको तयारीलाई थप चासोका साथ हेरिएको छ ।

मिसबाहले पनि नेपाल आउन र सुदूरपश्चिमको प्रशिक्षक बन्न पाउँदा आफू उत्साहित रहेको प्रतिक्रिया दिनुभएको छ । उहाँले नेपाली समर्थकको क्रिकेटप्रतिको लगावबारे आफूले सुनेको उल्लेख गर्नुहुँदै छिट्टै नेपालमा भेट हुने बताउनुभएको छ । तेस्रो संस्करणको एनपिएल कात्तिक ९ गतेदेखि काठमाडौँमा आयोजना हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दीपेश महतले जिते विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक

‘एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्यो’

एक्स्ट्रिम दोस्रो झापा महिला गोल्डकप प्रतियोगिता मङ्सिर ५ गतेदेखि

मेसी बने मेजर लिग सकरका सर्वाधिक तलब पाउने खेलाडी (सुचीसहित)

एनपीएलको फाइनलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दै

दशौँ राष्ट्रिय खेलकुदका चार खेल लुम्बिनीमा, प्रतियोगिता कुर्दै बाँके र बर्दिया

एनपिएल : चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स फाइनलमा

एन्फामाथिको निलम्बन र प्रतिबन्ध फुकुवा

दशौँ राष्ट्रिय खेलकुदमा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने

तीन वर्षपछि भारतमा हुँदै आइपिएलको खेलाडी अक्सन

आइपिएल २०२७ को अक्सन डिसेम्बर १६ मा गोवामा हुने

डेफ फुटबल च्याम्पियनसिप खेल्न नेपाली टोली दक्षिण कोरिया प्रस्थान