सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

परराष्ट्रमन्त्री खनाल र डब्लुएफपीका नेपाल निर्देशक लोधीबीच भेटवार्ता

२०८३ कार्तिक १३, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का नेपाल प्रतिनिधि तथा राष्ट्रिय निर्देशक रियाज लोधीबीच भेटवार्ता भएको छ ।

परराष्ट्र मन्त्रालयमा आज भएको शिष्टाचार भेटमा नेपाल र विश्व खाद्य कार्यक्रमबीचको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको हो ।

No photo description available.भेटका क्रममा नेपालमा खाद्य सुरक्षा, पोषण तथा मानवीय सहायता लगायतका क्षेत्रमा डब्लुएफपीले गर्दै आएको सहयोग र आगामी दिनमा सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा कुराकानी भएको जनाइएको छ ।

नेपालले खाद्य सुरक्षा तथा पोषणका क्षेत्रमा सामना गरिरहेका चुनौती सम्बोधन गर्न अन्तर्राष्ट्रिय साझेदार संस्थासँगको सहकार्य महत्त्वपूर्ण रहँदै आएको छ । डब्लुएफपीले नेपालमा खाद्य सुरक्षा, विपद् प्रतिकार्य तथा जोखिममा रहेका समुदायको सहयोगका क्षेत्रमा काम गर्दै आएको छ ।

भेटमा दुई पक्षबीच आपसी सहकार्य र साझेदारीलाई अझ मजबुत बनाउने विषयमा सकारात्मक छलफल भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

डिएलएको स्थापना दिवसमा दुई वरिष्ठ अधिवक्तासहित तीन जना सम्मानित

सामाजिक सद्भाव र सदाचार कायम गर्न सबै जिम्मेवार भएर लागौँः मुख्यमन्त्री भट्ट

विदेशमा रहेका नेपालीको मताधिकारः कानुन संशोधनका लागि तीन विकल्प

शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न दाहालको आग्रह

मधेशमा सरकार गठन अन्योलमा, कांग्रेस–एमाले–नेकपाले मागे समय

नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको प्रश्न: ‘टावर छ, नेटवर्क छैन, किन ?’

‘स्थानीय स्रोतको उपयोगबाट समृद्धि र रोजगारी सिर्जना गर्न सकिन्छ’

संविधानको मर्म बमोजिम स्थानीय तह र प्रदेशसभाको निर्वाचन हुन्छ: आयोग

‘प्रधानमन्त्री शाहको भारत भ्रमण आपसी सम्बन्ध विस्तार र आर्थिक गतिविधिमा केन्द्रित हुने’

स्थानीय र प्रदेशसभा निर्वाचन एकैपटक गर्न दलहरूसँग परामर्श

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

निर्वाचन तयारीबारे प्रमुख दलका शीर्ष नेतासँग परामर्श