सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

मन्त्री पोखरेल र कार्यवाहक राजदूत बोल्डिनबीच भेट

२०८३ कार्तिक १३, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, १३ कात्तिकः शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच शिष्टाचार भेटवार्ता भएको छ ।

शिक्षा तथा खेलकुद मन्त्रालयमा आज मन्त्री पोखरेल र कार्यवाहक राजदूत बोल्डिनबीच आपसी शैक्षिक सहकार्य र खेल कूटनीतिबारे छलफल भएको हो । उक्त भेटका क्रममा नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धका विभिन्न पक्षबारे विस्तृत छलफल भएको थियो । मुख्य गरी शिक्षा क्षेत्रमा दुई देशबीचको लामो समयदेखिको सहकार्यलाई आगामी दिनमा थप प्रगाढ र प्रभावकारी बनाउने विषयमा कुराकानी केन्द्रित रह्यो ।

कार्यवाहक राजदूत बोल्डिनले हालसालै भएको भोटेकोशी बाढी र त्यसले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै अमेरिका नेपालको कठिन परिस्थितिमा सधैँ साथमै रहेको कुरामा जोड दिनुभयो । उहाँले नेपालको विकासका लागि अमेरिकी सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्री पोखरेलले अमेरिकाले नेपालको समग्र विकास, विशेष गरी शिक्षा क्षेत्रमा पुर्याउँदै आएको लामो समयदेखिको सहयोगप्रति धन्यवाद दिँदै आगामी दिनमा पनि शिक्षा क्षेत्रमा द्विपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउन सकिने कुरामा जोड दिनुभयो । उहाँले शिक्षा क्षेत्रमा अमेरिकी सहयोगले नेपालको मानव संशाधन विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको बताउनुभयो ।

भेटमा अमेरिकाले नेपालको शिक्षा क्षेत्रमा विगतमा विभिन्न किसिमका कार्यक्रममार्फत सहयोग पुर्याउँदै आएको उल्लेख गरिएको थियो । ‘नेशनल अर्ली ग्रेड रिडिङ प्रोग्राम’ र ‘नेशनल अर्ली ग्रेड लर्निङ प्रोग्राम’जस्ता कार्यक्रममा अमेरिकी सहयोग रहेको विषय उल्लेख गर्दै मन्त्री पोखरेलले यी कार्यक्रमले नेपालको आधारभूत शिक्षा सुधारमा महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

मन्त्री पोखरेलले आगामी दिनमा विद्यार्थी र विश्वविद्यालयका ‘फ्याकल्टी मेम्बर’ तथा प्रोफेसरहरूको एक्सचेन्ज प्रोग्राम कार्यक्रममा विशेष जोड दिनुपर्ने विषय उठाउनुभयो । उहाँले यस्ता कार्यक्रमले दुई देशबीचको शैक्षिक सहकार्यलाई थप मजबुत बनाउने बताउनुभयो । अमेरिकी सरकारको सहयोगमा हाल सञ्चालित फुलब्राइट छात्रवृत्ति कार्यक्रम लगायतका विभिन्न कार्यक्रम निरन्तर रहेको र यस्ता सहकार्यले नेपालको जनशक्ति विकासमा योगदान पुर्याउने कुरामा छलफल भएको थियो ।

भेटमा खेलकुद कूटनीतिको विषयमा समेत छलफल भएको थियो । सन् २०२८ मा लस एन्जल्समा हुने ओलम्पिक तथा पाराओलम्पिक खेललाई लक्षित गर्दै अमेरिकी विशेषज्ञता तालिम, खेलाडी विकास र खेल व्यवस्थापनमा नेपाली खेलाडी तथा प्रशिक्षकलाई कसरी उपलब्ध गराउन सकिन्छ भन्ने विषयमा छलफल भएको हो ।

कार्यवाहक राजदूत बोल्डिनले खेलकुद क्षेत्रमा अमेरिकी अनुभव र सीप नेपाललाई उपयोगी हुनसक्ने बताउनुभयो भने मन्त्री पोखरेलले यस क्षेत्रमा सहकार्य बढाउन सकिने सम्भावनामा जोड दिनुभयो ।

भेटका क्रममा दुवै पक्षले आआफ्नो तर्फबाट शिक्षा क्षेत्रको ऐतिहासिक सहकार्यलाई थप सुदृढ बनाउँदै अगाडि बढ्ने र विद्यार्थी तथा शिक्षकबीच एक्सचेन्ज प्रोग्राम लगायतका कार्यक्रमलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

डिएलएको स्थापना दिवसमा दुई वरिष्ठ अधिवक्तासहित तीन जना सम्मानित

सामाजिक सद्भाव र सदाचार कायम गर्न सबै जिम्मेवार भएर लागौँः मुख्यमन्त्री भट्ट

विदेशमा रहेका नेपालीको मताधिकारः कानुन संशोधनका लागि तीन विकल्प

शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न दाहालको आग्रह

मधेशमा सरकार गठन अन्योलमा, कांग्रेस–एमाले–नेकपाले मागे समय

नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको प्रश्न: ‘टावर छ, नेटवर्क छैन, किन ?’

‘स्थानीय स्रोतको उपयोगबाट समृद्धि र रोजगारी सिर्जना गर्न सकिन्छ’

संविधानको मर्म बमोजिम स्थानीय तह र प्रदेशसभाको निर्वाचन हुन्छ: आयोग

‘प्रधानमन्त्री शाहको भारत भ्रमण आपसी सम्बन्ध विस्तार र आर्थिक गतिविधिमा केन्द्रित हुने’

स्थानीय र प्रदेशसभा निर्वाचन एकैपटक गर्न दलहरूसँग परामर्श

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

निर्वाचन तयारीबारे प्रमुख दलका शीर्ष नेतासँग परामर्श