सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

विदेशी लगानीकर्ताले ढुक्क भएर नेपालका पूर्वाधार क्षेत्रमा लगानी गर्नूस्ः मन्त्री लम्साल

२०८३ कार्तिक १९, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, १९ कात्तिकः पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपाल पूर्वाधार सम्मेलनको पूर्वसन्ध्यामा पूर्वाधार तथा लगानीसँग सम्बन्धित धेरै नीतिगत र कानुनी सुधार गर्न लागेको बताउनुभयो ।

पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसङ्घ र नेपाल निर्माण व्यवसायी महासङ्घले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलन मन्त्री लम्सालले पूर्वाधार सम्मेलन अघि नेपालमा विकासको बाधकका रुपमा चित्रित गरिँदै आएको कानुनी समस्याको उल्झनलाई अन्त्य गर्न खोजेको स्पष्ट पार्नुभयो ।

“हामीले पूर्वाधार निर्माणको बाधकका रुपमा चित्रित गरिएको कानुनी उल्झनहरुको अन्त्य गर्ने गरी काम गरिरहेका छौँ,” उहाँले भन्नुभयो, “मुलुकमा लगानीमैत्री वातावरण बनेकाले पनि विदेशी लगानीकर्ताहरुलाई ढुक्क भएर लगानी गर्नका लागि आह्वान गर्दछु ।”

मन्त्री लम्सालले नेपाल पूर्वाधार सम्मेलनमा सरकारले कानुनी र नीतिगत अड्चनमा गरेका सुधारका कार्य पनि सोकेसका रुपमा प्रस्तुत गर्ने योजना रहेको बताउनुभयो । उहाँले नेपालमा लगानीमैत्री वातावरण भएकाले पनि दातृनिकायले ढुक्क भएर लगानी गर्नका लागि सबैसमक्ष आह्वान गर्नुभयो ।

मन्त्री लम्सालले नीतिगत र कानुनी सुधारसँगै आयोजना कार्यान्वयनमा हुने गरेका ढिस्तासुस्ती र अन्य विकृतिको पनि अन्त्य हुने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

डिएलएको स्थापना दिवसमा दुई वरिष्ठ अधिवक्तासहित तीन जना सम्मानित

सामाजिक सद्भाव र सदाचार कायम गर्न सबै जिम्मेवार भएर लागौँः मुख्यमन्त्री भट्ट

विदेशमा रहेका नेपालीको मताधिकारः कानुन संशोधनका लागि तीन विकल्प

शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न दाहालको आग्रह

मधेशमा सरकार गठन अन्योलमा, कांग्रेस–एमाले–नेकपाले मागे समय

नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको प्रश्न: ‘टावर छ, नेटवर्क छैन, किन ?’

‘स्थानीय स्रोतको उपयोगबाट समृद्धि र रोजगारी सिर्जना गर्न सकिन्छ’

संविधानको मर्म बमोजिम स्थानीय तह र प्रदेशसभाको निर्वाचन हुन्छ: आयोग

‘प्रधानमन्त्री शाहको भारत भ्रमण आपसी सम्बन्ध विस्तार र आर्थिक गतिविधिमा केन्द्रित हुने’

स्थानीय र प्रदेशसभा निर्वाचन एकैपटक गर्न दलहरूसँग परामर्श

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

निर्वाचन तयारीबारे प्रमुख दलका शीर्ष नेतासँग परामर्श