सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

संरक्षणको अभावमा कान्तिताल

२०८३ कार्तिक २६, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

राँझा (बाँके), २६ कात्तिकः नेपालगञ्ज उपमहानगरपालिका–२१ र २२ वडामा अवस्थित कान्तिताल संरक्षण र उचित रेखदेखको अभाव भएको छ । यो ताललाई नेपालगञ्ज सहरकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने सोचका साथ उपमहानगरले विसं २०७५ मा महत्वाकाङ्क्षी योजना अघि बढाएको थियो । तर, संरक्षण र उचित रेखदेखको अभाव देखिएको छ ।

स्थानीय पूर्वाधारको विकास र सौन्दर्य अभिवृद्धिका लागि नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ करिब रु १० करोड खर्चिसकेको छ । सौन्दर्य अभिवृद्धिका लागि हालिएका आकर्षक रेलिङहरू भत्किएका छन् भने पूरा ताल क्षेत्र झाडी र बुट्यानले भरिएर आफ्नो अस्तित्व गुमाउने अवस्थामा पुगेको नेपालगञ्ज–२२ पुरैनीका अगुवा चेतबहादुर थापाले बताउनुभयो ।

उहाँका अनुसार, कान्तिताल केवल पूर्वाधार मात्रै नभई जैविक विविधताको दृष्टिकोणले पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । यहाँ विभिन्न प्रजातिका चराचुरुङ्गीहरूको प्राकृतिक बासस्थान छ । पर्यावरण र चरा संरक्षणको क्षेत्रमा कार्यरत अभियन्ताहरूले ताललाई पुरानै लयमा फर्काउन र यसको प्राकृतिक स्वरूप जोगाउन निरन्तर आवाज उठाइरहेका छन् । तर, पटक–पटक सरोकारवाला निकायलाई घच्घच्याउँदा पनि हालसम्म कुनै ठोस सुनुवाइ हुन सकेको छैन ।

झाडीले ढाकिएको यो ताल क्षेत्र रात परेपछि झनै जोखिमपूर्ण बन्ने गरेको छ । अहिले कान्तिताल लागुऔषध दुव्र्यसनीहरूको सुरक्षित जमघटस्थल बनेको छ । साँझपख यहाँ हुने शङ्कास्पद गतिविधिले आसपासका बासिन्दालाई त्रसित बनाएको थापाले बताउनुभयो ।

ताल सञ्चालनका लागि वार्षिक रु २८ लाख उपमहानगरलाई राजस्व बुझाउने सम्झौतासहित ठेक्का लिएका फनबहादुर गुरुङले ताल परिसरमा बनाइएका रेलिङ र पूर्वाधारहरू लागुऔषध प्रयोगकर्ताहरूले तोडफोड गरेको हुन सक्ने बताउनुभयो ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजाल विगतमा बनाइएका योजनाहरू सोचेजस्तो सफल हुन नसकेको स्वीकार गर्नुभयो ।

“विगतमा बनाइएका योजनाहरूले अपेक्षाकृत नतिजा दिन सकेनन,” उहाँले भन्नुभयो, “अब हामी सरोकारवाला निकायका प्रतिनिधिहरूसँग गहन छलफल गरेर कान्तितालको दिगो संरक्षण र व्यवस्थापनका लागि प्रभावकारी नयाँ योजना बनाउने तयारीमा छौँ ।”

कुनै समय नेपालगञ्जको पर्यटन र आर्थिक समृद्धिको ढोका खोल्ने अपेक्षा गरिएको कान्तिताल संरक्षण गरिनुपर्ने नेपालगञ्जका नागरिक अगुवा कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नागढुङ्गा-मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने

भोटेकोशी बाढीपीडितलाई नगद राहत

रुबीभ्यालीमा सडक दुर्घटनाः एकको मृत्यु, नौ जना घाइते

हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ

कम्पनीलाई वार्षिक विवरण र कर दाखिला गर्न पुस मसान्तसम्म समय थप

सार्वजनिक शौचालयलाई अनिवार्य सेवाका रुपमा सञ्चालन गर्न निर्देशन

‘अक्वान’ चक्रवातको आंशिक प्रभाव

सात वर्षमा पनि बनेन मुस्ताङको लेते–धम्पु पुल

ध्वनि प्रदूषण फैलाउने एक हजारभन्दा बढी मोटरसाइकल कारबाहीमा

बाजुरामा यस वर्ष ३३७ मेट्रिकटन स्याउ उत्पादन

उपभोक्तालाई स्वच्छ मासु उपलब्ध गराउन सरकारले सक्रियता बढाउँदै

तीन महिनामा ४५ आगलागीका घटना, १७ करोड बढीको क्षति