सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

बाढी प्रभावित बालबालिकाको संरक्षणमा सघाउन आह्वान

२०८३ कार्तिक २८, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २८ कात्तिकः राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको संरक्षण, हेरचाह तथा स्याहार योजनामा समावेश हुन परोपकारी सङ्घसंस्था तथा व्यक्तिहरूसँग आवेदन आह्वान गरेको छ ।

परिषद्ले सार्वजनिक रूपमा सूचना जारी गर्दै सम्बन्धित वडा कार्यालयमार्फत निवेदन पेस गर्न अनुरोध गरेको छ । बाढीबाट रसुवा र नुवाकोटका ५८४ जना बालबालिका प्रभावित भएका छन् । योजनामा १८ वर्षमुनिका बालबालिकालाई मात्र समावेश गरिने छ ।

बालबालिका स्वयं वा संरक्षक घाइते भएका कारण उचित संरक्षण पाउन नसकेका तथा बालबालिकासम्बन्धी ऐन, २०७५ बमोजिम विशेष संरक्षणको आवश्यकता भएका बालबालिका पनि योजनामा समेटिनेछन् ।

बाढीका कारण अभिभावक गुमाएका तथा परिवारबाट विस्थापित भएका बालबालिकाको संरक्षण, शिक्षा, स्वास्थ्य, मनोसामाजिक परामर्श र दीर्घकालीन पुनःस्थापना प्रमुख चुनौती बनेको परिषद्ले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

नागढुङ्गा-मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने

भोटेकोशी बाढीपीडितलाई नगद राहत

रुबीभ्यालीमा सडक दुर्घटनाः एकको मृत्यु, नौ जना घाइते

हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ

कम्पनीलाई वार्षिक विवरण र कर दाखिला गर्न पुस मसान्तसम्म समय थप

सार्वजनिक शौचालयलाई अनिवार्य सेवाका रुपमा सञ्चालन गर्न निर्देशन

‘अक्वान’ चक्रवातको आंशिक प्रभाव

सात वर्षमा पनि बनेन मुस्ताङको लेते–धम्पु पुल

ध्वनि प्रदूषण फैलाउने एक हजारभन्दा बढी मोटरसाइकल कारबाहीमा

बाजुरामा यस वर्ष ३३७ मेट्रिकटन स्याउ उत्पादन

उपभोक्तालाई स्वच्छ मासु उपलब्ध गराउन सरकारले सक्रियता बढाउँदै

तीन महिनामा ४५ आगलागीका घटना, १७ करोड बढीको क्षति