सदाबहार खबरको रफ्तार ....
मंग्सिर ६, २०८३ आइतबार
November 22, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

विद्यालयलाई बस खरिद गर्न समुदाय जुट्दै

२०८३ मंग्सिर ६, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

झापा, ६ मङ्सिर : मेचीनगर र भद्रपुरस्थित दुई सामुदायिक विद्यालयमा बस खरिद गर्न पूर्वविद्यार्थी, अभिभावक र स्थानीय समुदायले आर्थिक सहयोग जुटाउन थालेका छन् ।

मेचीनगर नगरपालिका–८ स्थित आदर्श माध्यमिक विद्यालयका लागि पूर्वविद्यार्थी समाजले बस खरिद अभियानअन्तर्गत हालसम्म रु १३ लाख ६० हजार सङ्कलन गरिसकेको छ । पूर्वविद्यार्थी समाजका अध्यक्ष परशुराम पराजुलीको नेतृत्वमा सञ्चालित अभियानमा पूर्वविद्यार्थीबाट स्वेच्छिक रूपमा रु १० लाख तथा विद्यालयका शिक्षक र कर्मचारीबाट रु तीन लाख ६० हजार सङ्कलन भएको हो ।

नगरका विद्यालयलाई बस खरिदमा मेचीनगर नगरपालिकाले ५० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको छ । सोही अनुदान उपयोग गरी बस खरिद गर्ने उद्देश्यले रकम जुटाइएको र छिट्टै नगरपालिकामा अनुदानका लागि प्रस्ताव पेस गर्ने तयारी भइरहेको शिक्षक जीआर धितालले जानकारी दिनुभयो ।

पूर्वप्राथमिकदेखि कक्षा १२ सम्म एक हजार १०० भन्दा बढी विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा बाहुनडाँगीदेखि ज्यामिरगढीसम्मका विद्यार्थी आउने गरेका छन् । “हाल टाढाका अभिभावकले अटो रिक्सा (सिटी) को व्यवस्था गरेर बालबालिका पठाइरहनुभएको छ”, शिक्षक धितालले भन्नुभयो, “विद्यालयको आफ्नै बस भएपछि आवतजावतमा निकै सहज हुनेछ ।”

त्यसैगरी, भद्रपुर नगरपालिका–३ सूर्यनगरस्थित अरनिको माध्यमिक विद्यालयमा सवारीसाधन खरिदका लागि देउसी–भैलो कार्यक्रमबाट रु सात लाख ९८ हजार ८०३ सङ्कलन भएको छ । विद्यार्थीको आवागमनलाई सुरक्षित र सहज बनाउन विद्यालय बस अपरिहार्य रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शमशेर तामाङले बताउनुभयो ।

उहाँका अनुसार बस खरिद अभियानमा विदेशमा रहेका शुभेच्छुक तथा पूर्वविद्यार्थीहरूले समेत आर्थिक सहयोग गरिरहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सांग्रिला बैंकले चेपाङ विद्यालयका विद्यार्थीलाई बाँड्यो ट्र्याकसुट र शैक्षिक सामग्री

नेपाल खुला विश्वविद्यालयमा एमबिए र एमएसडिएमजि अध्ययनका लागि भर्ना खुल्यो

कक्षा ५ सम्म लिखित परीक्षा नगर्न तुलसीपुरका विद्यालयलाई उपमहानगरको निर्देशन

उपल्लो मुस्ताङका ३६५ विद्यार्थी जाडो छल्न बेसी झारिए

सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रिय ह्याकाथन प्रतियोगिता सुरु

फोहरलाई स्रोतका रूपमा उपयोग गर्न प्रेरित गर्दै ‘आरयू फेस्ट’

विकेन्द्रीकरण विस्तारको तयारीमा त्रिवि

त्रिविले खुलायो M.Ed. र MSSEd विद्यार्थीलाई परीक्षा केन्द्र रोज्ने सुविधा

प्रवासीको सहयोगमा विद्यालय भवन निर्माण

विद्यालयका निम्ति जग्गा खरिद गर्न देउसीभैलोबाट जुट्यो नौ लाख

चिनियाँ दूतावासले बलान बिहुलमा शैक्षिक तथा स्वास्थ्य सामग्री सहयोग

अन्तरराष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ को आह्वान