सदाबहार खबरको रफ्तार ....
मंग्सिर ८, २०८३ मंगलबार
November 24, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पुनः बुधबार बस्ने

२०८३ मंग्सिर ८, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

ललितपुर, ८ मङ्सिरः नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार बिहान ११ बजे पुनः बस्ने भएको छ ।

पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले दिनुभएको जानकारी अनुसार पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बसेको बैठकमा महामन्त्री प्रदीप पौडेलले प्रस्तावित कार्यसूची प्रस्तुत गर्नुभएको जानकारी गराउनुभएको हो ।

महामन्त्री पौडेलले पेस गर्नुभएको कार्यसूचीमा संगठनको आगामी कार्यभार, विपद्पछिको पुनःस्थापना तथा पुनःनिर्माण, विस्थापित सुकुमवासीको व्यवस्थापन र स्थानीय निर्वाचनलगायत विषयमा छलफल हुने भएको कार्यवाहक मुख्य सचिव दुलालले जानकारी गराउनुभयो ।

बैठकको कार्यसूचीमा सङ्गठनको आगामी कार्यभारअन्तर्गत ‘हामी तयार छौँ’ अभियान, भोटेकोशी र बूढीगण्डकी क्षेत्रमा विपद्पछिको पुनःस्थापना तथा पुनःनिर्माण, विस्थापित सुकुमवासीको व्यवस्थापनलगायत नागरिक सरोकारका विषय समेटिएका छन् ।

त्यसैगरी, सरकारका पछिल्ला गतिविधि र आगामी स्थानीय निर्वाचनका विषयमा प्रारम्भिक छलफल गर्ने कार्यसूची पनि तय गरिएको छ । बैठकमा विविध विषयमा समेत छलफल हुने जनाइएको छ । आज दिउँसो बसेको बैठकको प्रारम्भमा सभापति थापाले समसामयिक राजनीतिक विषयवस्तुका सम्बन्धमा विशेष सम्बोधन गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न कांग्रेस तयार छ : सभापति थापा

कांग्रेस केन्द्रीय समिति बैठकमा गगनले भने- प्रधानमन्त्रीले भारत भ्रमणकाे उपलब्धि जानकारी गराउनुपर्छ

बालेनको भारत भ्रमण सफल नभएको एसडी मुनिको दाबी

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दैँ

लुम्बिनी देउवा कांग्रेसको सभापतिमा रोज राणा, अन्य पदाधिकारीको टुंगो लाग्न बाँकी

विशेष महाधिवेशन विधानसम्मत छैन, न्यायालयले न्याय गर्छ : देउवा

विपद्को जोखिम र स्थानीयको भावना बुझेर बस्ती पुन:निर्माण गर्नुपर्ने

नेपाललाई पुनः हिन्दु राष्ट्र बनाउनुपर्छ : अध्यक्ष लिङ्देन

प्रधानमन्त्री शाहको भ्रमणबाट नेपाल-भारत सम्बन्ध थप सुदृढ हुने रास्वपाको विश्वास

युवालाई उद्यमशीलता र रोजगारीमा जोडिन ओलीको आग्रह

वामपन्थी शक्तिबीच एकता अपरिहार्य छः संयोजक दाहाल

कम्युनिष्ट आन्दोलनलाई समयअनुकूल रूपान्तरण गर्नुपर्नेमा जोड