सदाबहार खबरको रफ्तार ....
मंग्सिर ११, २०८३ शुक्रबार
November 27, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

चीन भ्रमण सकेर स्वदेश फर्कियो रास्वपा प्रतिनिधिमण्डल

२०८३ मंग्सिर ११, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमण सकेर बिहीबार स्वदेश फर्किएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी)को निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले नोभेम्बर १५ देखि २६ सम्म चीनका छेन्दु, हाङझाउ र बेइजिङको भ्रमण गरेको थियो ।

भ्रमणका क्रममा प्रतिनिधिमण्डलले चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेता ली शुलेईसँग उच्चस्तरीय राजनीतिक संवाद गरेको थियो । उक्त संवादमा दुई दलबीच आपसी समझदारी र आगामी सहकार्यका विषयमा विचार आदानप्रदान भएको रास्वपाले जनाएको छ ।

प्रतिनिधिमण्डलले विश्वविद्यालय, औद्योगिक तथा व्यापारिक क्षेत्र र सांस्कृतिक सम्पदास्थलको अवलोकन गर्नुका साथै भूकम्पपछिको पुनर्निर्माण, विपद् व्यवस्थापन, नेपाली उत्पादनको चिनियाँ बजारमा पहुँच र नेपालमा लगानीका सम्भावनाबारे छलफल गरेको थियो ।

युवा सीप विकास, पर्यटन, उद्योग, ऊर्जा तथा पूर्वाधारमा चिनियाँ लगानी र विपद् व्यवस्थापनसम्बन्धी छलफललाई ठोस परिणाममा पुर्‍याउन सम्बन्धित निकाय तथा निजी क्षेत्रसँग पहल गर्ने रास्वपाले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सुकुमवासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लिन नेता आङ्देम्बे माग

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

सुनकोशी-मरिण ठेक्का रद्दमा प्रधानमन्त्री कार्यालयको हस्तक्षेपबारे निष्पक्ष छानबिन गर्न कांग्रेसको माग

सुकुम्बासीलाई होल्डिङ सेन्टर छाड्न सरकारले आदेश दिएपछि केसी आक्रोशित

निर्वाचन आयोगले अद्यावधिक गर्‍यो कांग्रेसको नयाँ कार्यसमिति

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पुनः बुधबार बस्ने

सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न कांग्रेस तयार छ : सभापति थापा

कांग्रेस केन्द्रीय समिति बैठकमा गगनले भने- प्रधानमन्त्रीले भारत भ्रमणकाे उपलब्धि जानकारी गराउनुपर्छ

बालेनको भारत भ्रमण सफल नभएको एसडी मुनिको दाबी

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दैँ

लुम्बिनी देउवा कांग्रेसको सभापतिमा रोज राणा, अन्य पदाधिकारीको टुंगो लाग्न बाँकी

विशेष महाधिवेशन विधानसम्मत छैन, न्यायालयले न्याय गर्छ : देउवा