काठमाण्डौंः बडादशैंं टिकाको तेस्रो दिन बुधबार आजपनि मान्यजनका हातबाट दशैँको टीका र जमरा लगाई आशिर्वाद लिने क्रम जारी नै छ ।
पहिलेको तुलनामा बडादशैँमा यसवर्ष कोरोना सङक्रमण जोखिमका कारण टीका लगाउन जानेर आउनेहरूको चहलपहल घटेको भए पनि रौनक भने बिधितै छ ।
नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतिकका रुपमा पहेँलो जमरा लगाएर आशिष लिने दिने परम्परा अनुसार कोजाग्रत पूर्णिमासम्म टीका लगाउने गरिन्छ ।
सरकारले यो दशैंंमा सामाजिक दुरि कायम गरि सुरक्षित तवरले मनाउन आग्रह गरेको भए पनि सवारीसाधन तथा बजारमा उत्तिकै भिड रहने गरेको छ ।
