सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

नेपाल संवत् ११४१ मनाउन समिति गठन

२०७७ कार्तिक १४, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नव वर्ष नेपाल संवत् ११४१ देशभर विविध कार्यक्रम गरी मनाउन रमेश महर्जनको अध्यक्षतामा ‘नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४१’ गठन गरिएको छ ।

नेपालको मौलिक राष्ट्रिय संवत् नेपाल संवत् ११४१ मनाउन समारोह समिति गठनका लागि भेला बोलाउने अवस्था कोरोना महामारीको कारण नरहेको सन्दर्भमा समारोह समिति ११४० का अध्यक्ष तथा अन्य प्रतिनिधिहरुलाई निरन्तरता दिँदै यस पटक समारोह समिति गठन गरिएको हो ।

नेपाल संवत् ११४१ का वार्षिक कार्यक्रम तथा समारोह मनाउन समितिका सल्लाहकार, नेवार अगुवाहरुको सल्लाहबमोजिम समारोह समितिको नेसं ११४० कौलाथ्व द्वादशी (असोज १२ गते) बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

पुनःगठित समितिका अध्यक्ष रमेश महर्जनद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “यस समितिमा समाविष्ट सम्बन्धित संघसंस्थाले आ-आफ्ना प्रतिनिधि हेरफेर गर्न सक्ने तथा गत वर्ष समाविष्ट नरहेका संघसंस्थाले यस वर्षका लागि प्रतिनिधि पठाउन सक्ने बैठकबाट निर्णय भएको जानकारी गराउँदछु ।

कोरोना महामारी यथावत् रहेको अवस्थामा नेपाल संवत् ११४१ को नव वर्षको समारोह कसरी मनाउने भन्ने सन्दर्भमा नेपाल संवत् आन्दोलनका अगुवा तथा संघसंस्थाहरुसँग छलफल गरी चाँडै निर्णय लिइने छ ।” नेपाल संवतको नव वर्षलाई उत्सव मात्र नभएर सांस्कृतिक जागरण अभियानको रुपमा नेवार समुदायले मनाउँदै आएको छ ।

नेपाल संवत् आन्दोलनका प्रवर्तक दिवङ्गत पद्मरत्न तुलाधरलाई सम्झँदै उनले देखाएको सांस्कृतिक एकता र राष्ट्रियता प्राप्तिको मार्गमा लाग्ने सङ्कल्प गर्ने दिनका रुपमा लिन पनि समितिले आह्वान गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, “देशका जनताका ऋणमोचन पछि नेपाल देशकै नाममा संवत् स्थापना गर्ने शङ्खधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गर्न तथा नेपाल संवत्लाई नेपालको राष्ट्रिय संवत् घोषणा गराउन नेपाल संवत्को आन्दोलनले सफलता प्राप्त गरिसकेको छ ।

यद्यपि सरकारी कामकाजमा नेपाल संवतलाई प्रयोगमा ल्याउने, नेपाली राष्ट्रियता सुहाउँदो संवत्का सम्बन्धमा आवश्यक नीति बनाउन सरकारलाई बाध्य पार्ने, देशका सम्पूर्ण जनजातिका सांस्कृतिक चाडपर्वलाई समानताको आधारमा सरकारी व्यवहार गराउने कार्यका लागि अझै यस आन्दोलनको आवश्यकता रहेको छ ।”

समारोह समितिले देशैभरि एउटै नारा र एउटै अभियानअनुसार नेपाल संवत्को नववर्ष मनाउन पहल भइरहेको पनि जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

मिथिलामा ‘लबान’ को लहर

नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्छः स्वामी कमलनयनाचार्य

आज शनिबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् राशिफल

पाल्पाको सत्यवती मेला आजदेखि सुरु

चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

हरिबोधनी एकादशीमा तुलसी विवाह, चतुर्मास सकिएसँगै शुभकार्य सुरु

आस्था र परम्पराको सङ्गम लड्केश्वर मेला

कार्तिक शुक्ल एकादशीः तुलसी–दामोदरको विधिपूर्वक विवाह गरिँदै

आज शुक्रबार, कस्तो छ तपाईंको राशिफल?

आजको राशिफल : १२ राशिमध्ये कसलाई मिल्दैछ भाग्यको साथ, कसलाई रहनुपर्ला सावधान ?

आज कुष्माण्ड नवमी

नमोबुद्ध जात्रा : करुणा र देहत्यागको बौद्ध मान्यता जोडिएको ऐतिहासिक मेला