सदाबहार खबरको रफ्तार ....
असोज ४, २०८० बिहिबार
September 21, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

बलिउड अभिनेता सञ्जय दत्त राजनितिको मैदानमा उत्रदै

२०७६ कार्तिक १३, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बलिउड अभिनेता सञ्जय दत्त एक दशकपछी पुनः एक पटक राजनीतिको मैदानमा उत्रिने तयारी गरिरहेको खबर सार्वजनिक भएको छ । महाराष्ट्रका एक मन्त्रीले उक्त कुराको जानकारी दिएका हुन् ।

महाराष्ट्र सरकारका क्याबिनेट मन्त्री महादेव जानकरले उक्त कुराको दावी गर्दै भनेका छन्, ‘सञ्जय दत्त राष्ट्रिय समाज पार्टी (आरएसपी)सँग आवद्ध हुने छन् ।’

महादेव जानकरका अनुसार सञ्जय दत्त आगामी सेप्टेम्बर २५ का दिन उनको पार्टीमा सहभागी हुँदैछन् । आरएसपी महाराष्ट्रमा सत्तारुढ भाजपाको सहयोगी पार्टी हो ।

आरएसपीको वार्षिकोत्सवको अवसरमा सञ्जय दत्तले एउटा भिडियो जारी गर्दै महादेव जानकर तथा उनको पार्टीलाई बधाई दिएका थिए । भिडियोमा सञ्जय दत्तले भनेका छन्, ‘म राष्ट्रिय समाज पार्टीलाई धेरै-धेरै बधाई र सफलताको शुभकामना दिन्छु । पशुपालन तथा डेयरी विकास मन्त्री महादेव जानकर मेरा साथी हुन् ।’

सञ्जय दत्तका बुवा सुनील दत्त काँग्रेस पार्टीको ठूला नेता थिए । केही महिनाअघि सञ्जय आफ्नी बहिनी तथा काँग्रेस प्रत्यासी प्रिया दत्तका लागि मुम्बईको चुनाव प्रचार गरिरहेको देखिएका थिए ।

सञ्जय दत्त सन् २००९ मा समाजवादी पार्टीको टिकटमा लखनउबाट लोकसभा निर्वाचनका उम्मेदवार थिए, तर अदालतद्वारा शस्त्र अधिनियमका लागि उनको सजाँय निलम्बन गर्न अस्वीकार गरेपछि उनी पछाडि हटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

‘एक भागवत् र एक गीता’लाई बिदाको फाइदा, शो र अकुपेन्सीमा वृद्धि

नहुने भयो ‘परदेशी २’ को धोको पूरा

‘एनआरएन द सिङगर’ रियलिटि शो आगामी हप्तादेखि

केकी र रीमालाई लिएर बिमलेशले ‘ह्याप्पी डिभोर्स’ निर्देशन गर्ने

जवानको सफलतापछि ‘डन ३’ तयारीमा शाहरुख

रिटायर्ड बाबु–छोरीको कथामा चलचित्र ‘चित्रा’

बाल गायक आयनको ‘गुनगुनाउँछु गीतहरु’ सार्वजनिक

‘एक भागवत् र एक गीता’ तथा ‘नाङ्गो गाउँ’ आजदेखि प्रदर्शनमा

शाहरुखको जवान ‘ओटिटी प्लेटफर्म’मा सर्बाधिक मुल्यमा बिक्री

गोदावरीमा जेट्शन डोना लामाको कन्सर्ट

‘मायावी’मा सुशील सिटौला अनुबन्ध

शाहरूखकाे जवान दोस्रो दिनमा नै १०० करोडको क्लबमा