शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौः नेपाल क्रिकेट संघ (क्यान)को कप्तानमा ज्ञानेन्द्र मल्लले जिम्मेवारी पाएका छन् ।
पूर्व कप्तान पारस खड्काले दिएको राजिनामा स्वीकृत गर्दै क्यानले मल्ललाइ नयाँ जिम्मेवारी तोकेको हो ।
यो निर्णयसँगै नेपाली राष्ट्रिय क्रिकेट टिमको नयाँ कप्तानको भूमिकामा ज्ञानेन्द्र मल्ल रहनेछन् ।
ओपनर ब्याट्सम्यान रहेका मल्ल यसअघि राष्ट्रिय टिमको उपकप्तान रहेका थिए । क्यानका सचिव अशोकनाथ प्याकुरेलले अर्को निर्णय नभएसम्मका लागि मल्ललाई कप्तानको जिम्मेवारी दिएको बताए ।