काठमाण्डौ : जिल्ला प्रशासन कार्यालय धनुषाले आँउदो आईतबारसम्म जनकपुर परिसरमा माछामासु र मदिरा सेवन तथा बिक्री वितरणमा रोक लगाएको छ ।
बुधबारबाट चार दिनसम्म जनकपुर परिसरमा माछामासु र मदिरा निषेध गरिएको हो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिप कँडेलले बिहिबार सूचना प्रकाशित गरी चार दिनसम्म माछामासु र मदिरा निषेध गरिएको जनाएका छन् ।
सामान्य प्रशासन ऐन २०२८ को दफा ६ बमोजिम जारी गरिएको सूचनामा सो विपरीत कार्य गर्ने जोकोहीलाई कानुन बमोजिम कारवाही गरिने धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिप कँडेलले जनाएका छन् ।