
काठमाण्डौः शिक्षा मन्त्रालय र चिकित्सा शिक्षा आयोगले एमबिबिएस तहमा सरकारले तोकेभन्दा बढी शुल्क लिने मेडिकल कलेजहरुलाइ फिर्ता गर्न चेतावनी सहित ध्यानाकर्षण गराएको छ ।
शिक्षा मन्त्रालय र चिकित्सा शिक्षा आयोगले आइतबार साँझ संयुक्त विज्ञप्ति जारी गरी मन्त्रालय र आयोगले तोकेको भन्दा बढी शुल्क लिए कारवाही गर्ने चेतावनी दिएको हो ।
निजी मेडिकल कलेजहरुले मनपरी ढङ्गबाट सरकारले तोकेभन्दा धेरै गुणा बढी शुल्क लिएको भन्दै विद्यार्थीहरु क्रमशः संघर्ष गर्न थालेपछि सरकारले मेडिकल कलेजहरूको ध्यानाकर्षण गराएको हो ।
यस्तो छ शिक्षा मन्त्रालय र चिकित्सा शिक्षा आयोगले आईतबार जारी गरेको संयुक्त विज्ञप्तीः