सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

यसरी मनाईयो कुकुर तिहार (फोटो फिचर)

२०७७ कार्तिक २९, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः यमपञ्चकको तेस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरलाई मीठो खानेकुरा खान दिएर कुकुर तिहार मनाइँदै छ।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रुपमा मूलढोकामा बस्ने ‘श्याम’ र ‘सबल’ नामका कुकुरले सहजरुपमा बाटो छाडिदिने धार्मिक विश्वास छ।

घरमा कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ । वैवश्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रुपमा समेत स्थापित भएको छ। काग र कुकुरलाई यमदूतका रुपमा मानिन्छ।

कार्तिक कृष्ण चतुर्दशीको बिहान आज अरुणोदयकालमा नदी, तलाउ वा धारामा गई स्नान गरेर सालका पातमा यमदीप दक्षिण दिशामा फर्काई बालेर बगाउने कार्य पनि वैदिक सनातन हिन्दू धर्मावलम्बीले गर्छन्। यसलाई नरक स्नान गर्ने र नरक बगाउने भनिन्छ।

आज यसरी नरके बगाएमा नरकको दर्शन गर्नु नपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए।

कुकुर तिहार र नरक चतुर्दशी यमपञ्चकको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन परेको हो। यस वर्ष कात्तिक २७ गतेदेखि तिहार शुरु भएको हो। दोस्रो दिन शुक्रबार काग तिहार पर्व मनाइएको थियो। रासस

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

शपथपश्चात शपथ पत्रमा हस्ताक्षर गर्नुहुँदै नवनियुक्त राजदूतहरु

राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतद्वारा शपथ

घाइतेहरुको थप उपचारका लागि हेलिकप्टरबाट सुर्खेत लगिँदै

छठ पर्व सम्पन्न गरी घर फर्कदै ब्रतालु

छठी माताको पूजा गर्नुहुँदै उपराष्ट्रपति यादव

बलिङ गर्दै पोखरा एभेन्जर्सका खेलाडी

अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै भक्तजन

कात्तिक नाच प्रदर्शन गरिँदै

शव हस्तान्तरण

भाइटीका ग्रहण गर्नुहुँदै राष्ट्रपति पौडेल

बालगोपालेश्वर मन्दिरमा भाइटीका

कुकुरलाई पूजा गर्दै नेपाली सेना