
काठमाण्डौः नेपालको राष्ट्रिय महिला भलिबल टिमले बंगलादेशमा एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप खेल्दैछ ।
यसै साता सुरु हुने एभिसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा माल्दिभ्स र नेपालको पहिलो खेल हुने भएको छ ।
मंगलबार आयोजक बंगलादेशको भलिबल फेडेरेसेनले सार्वजनिक गरेको खेल तालिकामा नेपालले पहिलो खेल १० नोभेम्वरमा माल्दिभ्ससँग खेल्ने भएको हो ।
सो खेल १० नोभेम्वरको नेपाली समयअनुसार आइतबार दिउसो २:४५ बजे हुने भएको छ ।
त्यसैगरी क्रमश नेपालले ११ नोभेम्वरमा अफगानिस्तान, १२ मा किर्गिस्तान र लिगको अन्तिम खेलमा १३ नोभेम्वरमा आयोजक बंगलादेशसँग खेल्नेछ ।
नेपाल भलिबल संघले मंगलबार अरुणा शाहीको कप्तानीमा १२ सदस्यीय नेपाली टोली घोषणा गरेको संघले जनाएको छ । नेपाली टोली बिहीबार त्यसतर्फ प्रस्थान गर्नेछन ।
बंगलादेशमा एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप नेपाली टोली नामावली यस्तो रहेको छ :
अरुणा शाही (कप्तान), प्रतिभा माली, सरस्वती चौधरी, रेश्मा भण्डारी, निरुता ठगुन्ना, जानकी भण्डारी, सोफिया पुन, उषा विष्ट, सुनिता खड्का, कमला पुन, पुनम चन्द र सलिना श्रेष्ठ
त्यस्तै अफिसियल तर्फ :
जगदिश भट्ट (मुख्य प्रशिक्षक), सलिना श्रेष्ठ (प्रशिक्षक), भरत यादव (प्रशिक्षक) र रीता कोइराला (टिम व्यवस्थापक) रहेका छ्न ।