
काठमाण्डौं: सन् २०२२ को कतार विश्वकप छनौटको मैत्रिपुर्ण खेलमा आज नेपालले म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ ।
विश्वकप फुटबल छनोट खेल खेलिरहेको राष्ट्रिय फुटबल टोलीले नेपालले तयारि स्वरुप मैत्रिपूर्ण फुटबल खेल्ने भएको हो । मन्डला थिरी स्टेडियमा नेपाल र म्यानमार बीचको मैत्रीपूर्ण खेल नेपालि समयअनुसार सवा ४ बजे देखि हुने भएको छ ।
नेपालले पहिलो पटक म्यानमारसँग मैत्रिपूर्ण खेल खेल्न लागेको हो ।
यसअघि नेपालले सन् २००८ मा भएको एएफसी च्यालेन्ज कपमा म्यानमारसँग ३–० को पराजय ब्यहोरेको थियो ।
म्यानमार विरुद्ध विहिबार हुने मैत्रीपूर्ण खेलमा नेपालका कप्तान किरण लिम्बु, रोहित चन्द टिममा सहभागी नहुने भएका छन् ।
भारतीय आईलिग र इन्डोनेशियाको लिगमा ब्यस्त रहेका कारण दुई खेलाडी नरहेका हुन् । उनिहरूको बदलामा मिक्छेन तामाङ र सुभाष गुरुङले पहिलो पटक राष्ट्रिय टिममा डेब्यु गर्ने भएका छन् ।