सदाबहार खबरको रफ्तार ....
असोज १०, २०८० बुधबार
September 27, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सरकारद्धारा ‘राष्ट्रिय शिक्षा नीति-२०७६’ जारी

२०७६ कार्तिक २१, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: मन्त्रिपरिषद बैठकले पारीत गरेको ‘राष्ट्रिय शिक्षा नीति-२०७६’ बिहिबार जारी गरिएको छ ।

शिक्षा मन्त्रालयमा आयोजित एक विशेष कार्यक्रमका बीच ‘राष्ट्रिय शिक्षा नीति–२०७६’ जारी भएको हो ।

एक वर्षको लामो गृहकार्यपछि पुरा भएको शिक्षा नीतिलाई गएको कात्तिक १८ गते बसेको मन्त्रिपरिषदको बैठकले पारित गरेको थियो ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा ६ सदस्यीय समिति गठन गरी शिक्षा मन्त्रालयले राष्ट्रिय शिक्षा नीतिको मस्यौदालाई अन्तिम रुप दिएको हो ।

राष्ट्रिय शिक्षा नीति जारी भएसँगै अबका दिनमा पालिका तहमा शिक्षा ऐन बनाउन सहज हुने भएको छ ।

राष्ट्रिय शिक्षा नीतिमा कम्पनी ऐनअन्तर्गत सञ्चालित निजी लगानीका विद्यालयहरुलाई संक्रमणकालीन व्यवस्थापनका रूपमा गैरनाफामुखी सेवामूलक सामाजिक संस्थाका रूपमा रूपान्तरण गर्ने र आउँदो एक दशकभित्र कम्पनी, सहकारी, गुठी लगायतबाट सञ्चालित सम्पूर्ण विद्यालयहरूलाई एउटै ढाँचामा ल्याउने बारे विभिन्न कुरा समेटिएको छ ।

मन्त्रालय सम्हालेपछि शिक्षा क्षेत्रको विभिन्न ३६ बुँदामा सुधार गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

शिक्षकको ग्रेड निजामती कर्मचारी सरह बनाउन शिक्षा मन्त्रालयको अर्थलाई पत्र

शिक्षकसँगको सम्झौतामा सरकार प्रतिबद्ध : कावा प्रधानमन्त्री खड्का

शिक्षा विधेयकमा सभामुखीय भूमिका निर्वाह गर्छु: देवराज घिमिरे

पोखरा विश्वविद्यालय र एनआरइएनबीच सम्झौता

राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने

नाइजेरियाली विश्वविद्यालयमा बन्दुकधारीद्वारा दर्जनौं व्यक्तिको अपहरण

सरकारले शिक्षामा लगानी गर्ने बातावरण बनाएन्ः भट्टराई

असन्तुष्ट राहात शिक्षकहरुको काठमाडौंमा प्रदर्शन

सरकारसँग भएको सहमतिको बिरोधमा राहत शिक्षकद्धारा आन्दोलनको घोषणा

सरकार र आन्दोलनरत शिक्षकहरुबीच सात बुँदे सहमति (पूर्णपाठ)

सरकार र शिक्षकहरूबीच गृह मन्त्रालयमा वार्ता सुरु

विद्यालय शिक्षा विधेयकमा धैरै त्रुटि, ७० भन्दा बढी संशोधन हाल्नुपर्ने छन्: गगन थापा