सदाबहार खबरको रफ्तार ....
जेठ १, २०८३ शुक्रबार
May 15, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

सरकारद्धारा ‘राष्ट्रिय शिक्षा नीति-२०७६’ जारी

२०७६ कार्तिक २१, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: मन्त्रिपरिषद बैठकले पारीत गरेको ‘राष्ट्रिय शिक्षा नीति-२०७६’ बिहिबार जारी गरिएको छ ।

शिक्षा मन्त्रालयमा आयोजित एक विशेष कार्यक्रमका बीच ‘राष्ट्रिय शिक्षा नीति–२०७६’ जारी भएको हो ।

एक वर्षको लामो गृहकार्यपछि पुरा भएको शिक्षा नीतिलाई गएको कात्तिक १८ गते बसेको मन्त्रिपरिषदको बैठकले पारित गरेको थियो ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा ६ सदस्यीय समिति गठन गरी शिक्षा मन्त्रालयले राष्ट्रिय शिक्षा नीतिको मस्यौदालाई अन्तिम रुप दिएको हो ।

राष्ट्रिय शिक्षा नीति जारी भएसँगै अबका दिनमा पालिका तहमा शिक्षा ऐन बनाउन सहज हुने भएको छ ।

राष्ट्रिय शिक्षा नीतिमा कम्पनी ऐनअन्तर्गत सञ्चालित निजी लगानीका विद्यालयहरुलाई संक्रमणकालीन व्यवस्थापनका रूपमा गैरनाफामुखी सेवामूलक सामाजिक संस्थाका रूपमा रूपान्तरण गर्ने र आउँदो एक दशकभित्र कम्पनी, सहकारी, गुठी लगायतबाट सञ्चालित सम्पूर्ण विद्यालयहरूलाई एउटै ढाँचामा ल्याउने बारे विभिन्न कुरा समेटिएको छ ।

मन्त्रालय सम्हालेपछि शिक्षा क्षेत्रको विभिन्न ३६ बुँदामा सुधार गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

काठमाडौं विश्वविद्यालय उपकुलपतिको जिम्मेवारी प्रा‍डा वाग्लेलाई

त्रिविको निमित्त उपकुलपतिको जिम्मेवारी प्राडा. बज्राचार्यलाई

विद्यार्थीद्वारा तयार पारिएका पौभा कला प्रदर्शनीमा

शैक्षिक विकासमा विश्व बैङ्कले सघाउने

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

चीन सरकारको सहयोगमा रसुवामा आवासीय विद्यालय निर्माण

सबैलाई शिक्षाको पहुँचमा ल्याइने : मन्त्री पोखरेल

कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा

एसइईमा सिन्धुपाल्चोकका सात विद्यालयको नतिजा ‘ननग्रेडेड’

एक करोड ८४ लाखमा बनाइयो विद्यालय भवन

एसईई ग्रेड वृद्धि परीक्षा असार १ गतेदेखि हुने

एसइईमा कामपाका ७६.७५ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’