काठमाण्डौंः दशैं अघि निर्माण घोषणा भएको फिल्म ‘कृष्ण–लीला’ को छायांकन सुरू भएको छ।
सिनेमाले गत शुक्रबारबाट पूर्वी नेपालको झापाबाट आफ्नो सुटिङ् सुरू गरेको हो र यतिबेला सो टोली गीतको सुटिङ्का लागि इलाम पुगेको छ।
दीपक ओलीको निर्देशन र लक्ष्मण सुवेदीको लेखन रहेको फिल्मको सुटिङ ‘कुनै दिन यस्तो पनि जिन्दगानी’ बोलको रोमान्टिक गीतबाट सुरु भएको जानकारी कार्यकारी निर्माता रत्न श्रेष्ठले दिएका छन।
गीतमा अभिनेता पुष्प खड्का र अभिनेत्री श्रद्धा क्षेत्री रोमान्टिक मुडमा प्रस्तुत भएका छन्। अन्जु पन्त र सुगम पोखरेलको स्वर र अर्जुन पोखरेलको संगीत रहेको गीतको कोरियोग्राफर रामजी लामिछाने हुन्।

